उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

सोल :  उत्तर कोरियाले आइतबार पुनः अर्को क्षेप्यास्त्रको परीक्षण गरेको छ । उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षणमा देखाएको लगातारको मोहपछि संयुक्त राष्ट्रसंघद्वारा कडा नाकाबन्दी लगाउनुपर्ने चेतावनी दिइरहेका बेला प्योङयाङले यो अर्को परीक्षण गरेको हो ।

दक्षिण कोरियाले आइतबार गरेको परीक्षण यस वर्षको आठौं र एक सातायताको दोस्रो परीक्षण भएको बताएको छ । सोलले लगातारको हतियार परीक्षण उत्तर कोरियाको ‘असावधान र गैरजिम्मेवार' कार्य भन्दै भत्र्सना गरेको छ । अमेरिकाले परीक्षण गरिएको क्षेप्यास्त्रलाई मध्यम दूरीको हतियार भनेको छ ।

आइतबार प्योङयाङले दक्षिण प्योङगान प्रान्तको पुकचाङबाट क्षेप्यास्त्र छोडको र करिब ५ सय किलोमिटर टाढा गएर खसेको दक्षिण कोरियास्थित अमेरिकी सैन्य बलले बताएको छ । अमेरिकाले क्षेप्यास्त्र परीक्षणपछि भनेको छ, ‘उत्तर कोरियाको थप उत्तेजनात्मक गतिविधिको अमेरिकी सेनाले नजिकबाट नियालिरहेको छ ।

प्योङयाङका थप उत्तेजक क्रियाकलाप देखिएमा अमेरिका आक्रमणको तयारी अवस्थामा छ ।' गत सोमबार राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तरलाई क्षेप्यास्त्र परीक्षण रोक्न अनुरोध गरेको थियो । सबै खाले परमाणु हतियारबाट उत्तर कोरियाले आफूलाई अलग गर्नुपर्ने परिषद्को भनाइ थियो ।

उत्तर कोरियाद्वारा दिएका लगातारका चुनौती सामना गर्दै अमेरिकी सेनाले यस क्षेत्रमा रहेको आफ्ना सहयोगीलाई कुनै पनि प्रकारको सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । उत्तर कोरियाको परीक्षणबाट प्रभावित हुने अमेरिकी मित्रहरूमा जापान, दक्षिण कोरिया, फिलिपिन्स मरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.