यामाहा सडक सुरक्षा सचेतनामा मिस नेपाल प्रतियोगी

यामाहा सडक सुरक्षा सचेतनामा मिस नेपाल प्रतियोगी

काठमाडौं : मिस नेपाल २०१७ का प्रतियोगीले शनिबार यामाहाद्वारा आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा सहभागिता जनाएका छन् । उनीहरूलाई नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लूका तालिमप्राप्त प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराउनुभएको थियो।

प्रतियोगीलाई नेपाल प्रहरीअन्तर्गत सडक सुरक्षा युनिटका प्रहरी नायव उपरीक्षक सविन प्रधान, सडक सुरक्षा समाज नेपालका निरज धौभडेल र यामाहाका सर्टिफाइड प्रशिक्षक जीना गुरुङले सवारी हाँक्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायबारे जानकारी दिनुभएको थियो । कार्यशालापछि उनीहरूलाई यामाहा सेफ राइडिङ साइन्स कार्यक्रममा प्रयोगितात्मक अभ्यास गराइएको कम्पनीले जनाएको छ । यसका साथै मिस नेपालका प्रतियोगीले शनिबार नै यामाहाको सामाजिक अभियानमा सहभागिता जनाए ।

उनीहरूले काठमाडौंका चार व्यस्त चोकमा पुगेर सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिएका थिए । त्यसअघि मिस नेपाल प्रतियोगीलाई बैंकर मेघा बैंकका चिफ अपरेटिङ अफिसर डा. रविना देशराज श्रेष्ठले महिला सशक्तीकरणबारे ओरियन्टेसन दिनुभएको थियो । उहाँले मिस नेपालको अन्तिम प्रतियोगितामा छानिनु आफैंमा ठूलो उपलब्धी भएको र यो उपलब्धीलाई समाज परिवर्तनमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

'मानिस चिनिनु भनेको आफ्नो लागि होइन । तपाईं देशमा चिनिनु भनेको तपाईंको विश्वसनीयता बढ्नु हो,' उहाँले भन्नुभयो, 'सामान्य मानिसले भनेकोभन्दा पनि परिचित अनुहारले भनेको कुरालाई समाजले विश्वास गर्छ । त्यसैले तपाईंको परिचय समाजको हित हुने काममा प्रयोग गर्नुहोस् किनभने समाजले तपाईंले भनेको कुरालाई बढी विश्वास गर्छ ।' यसै सेसनमा मिस नेपाल प्रतियोगीले स्कुटरले महिला सशक्तीकरणमा निभाएको भूमिकाबारे आफ्नो मत राखेका थिए । शनिबार नै यामाहाको 'फेस अफ फेसिनो' कन्टेस्टको औपचारिक सुरुआत गरिएको छ ।

यामाहाले मिस नेपाल २०१७ मा अघिल्लो वर्षमा झैं टू ह्विलर पार्टनरको रूपमा सहभागिता जनाएको छ । मिस नेपालका १९ प्रतियोगीमध्ये एक जनालाई 'फेस अफ फेसिनो' टाइटल प्रदान गरिनेछ । यो टाइटलको विजेताको छनोट डा. रविना देशराज श्रेष्ठ, निलम चन्द र ओसिमा बानुको निर्णायक टोली र फेसबुक तथा देशभरका यामाहा सोरुमबाट हुने पब्लिक भोटिङमार्फत हुने कम्पनीले जनाएको छ ।

पब्लिक भोटिङ ५ जेठबाट १९ जेठ अपरान्ह ३ बजेसम्म खुला रहनेछ । साथै, फेस अफ फेसिनोको लागि भोटिङ गर्नेमध्ये एक जना भाग्यशाली भोटरले सामसुङ एस ८ मोबाइल जित्न सक्नेछन् । यामाहाले मिस नेपाल २०१७ का विजेता र 'फेस अफ फेसिनो' का विजेतालाई एक÷एकवटा फेसिनो स्कुटर उपहार स्वरूप दिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.