संयुक्तले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने

 संयुक्तले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने

काठमाडौं: नेकपा संयुक्तले स‌ंसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि पक्षमा मतदान गर्ने भएको छ।

पार्टी अध्यक्ष गणेश साहको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सो प्रस्ताव अगाडि बढाउनुपर्ने ठहर गरेको छ। विभिन्न बाधा, विरोधबीच पहिलो चरणको निर्वाचन सफल बनाउन सहभागी सबै दल, स्वतन्त्र उम्मेदवार तथा मतदातालाई बैठकले धन्यवाद व्यक्त गर्दै निर्वाचनका क्रममा देखिएको आचारसंहिताको उल्लङ्घन तथा मतदान शिक्षाको अभाव, मतगणनाका क्रममा देखिएका समस्याप्रति निर्वाचन आयोगको ध्यानाकृष्ट गरेको छ।

बैठकले मुलुकको समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै आगामी निर्वाचनमा वाम तथा लोकतान्त्रिक एवम् प्रगतिशील शक्तिसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.