उत्तर कोरियाप्रति दक्षिण लचिलो बन्ने

उत्तर कोरियाप्रति दक्षिण लचिलो बन्ने

सोल : दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियासँग नागरिक आदानप्रदान गरिनेलगायतका प्रमुख अन्तर कोरियाली मामिलामा लचिलो नीति अवलम्बन गरिने बताएको छ । मन्त्रालयले उत्तर कोरियाली नेताहरूसँग वार्ता गर्ने मनस्थितिमा रहेको समेत स्पष्ट पारेको छ ।प्रेस भेटघाट कार्यक्रममा एकीकरण मन्त्रालयका प्रवक्ता लि डुक हाएङले उत्तर कोरियासँग नागरिक आदानप्रदान, सीमा सुरक्षालगायतका मुद्दाहरूमा निकै लचकतापूर्ण पुनरावलोकन गरिने बताएका छन् ।

यद्यपि उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिबन्धको मर्मविपरीत नहुने गरी यस्ता कार्य अगाडि बढाइने उनले जानकारी दिए । नवनिर्वाचित वर्तमान राष्ट्रपति मुन जे इनले एक नवीन आयामको (सन साइन पोलिसी) नीति ल्याई उत्तर कोरियासँग सम्बन्ध सुधार गर्न खोजेको खुलासा गरिएको छ । सनसाइन पोलिसीअन्तर्गत दुई कोरियाबीच लगानी र वाणिज्यमैत्री वातावरणसमेत निर्माण गरिने छ । यस प्रकारको अवधारणा भूतपूर्व कोरियाली राष्ट्रपतिहरू रो मु ह्युम र किम हाए जुङले समेत ल्याएका थिए ।

यद्यपि त्यसबेला यो नीतिले मूर्तरूप भने लिन पाएको थिएन । राष्ट्रपति मुनभन्दा अगाडिकी राष्ट्रपति पार्क ग्युन हायले उत्तर कोरियासँग निकट सम्बन्ध राख्ने प्रयास गरेकी थिइनन् । राजनीतिक सम्बन्ध जे जस्तो भए पार्कले उत्तर कोरियालाई मानवीय सहायतालाई निरन्तरता दिइरहेकी थिइन् । दक्षिण कोरियाको राष्ट्रपति पदमा उदारवादी दल डेमोक्र्याटिक पार्टीका प्रमुख नेता मुन जे इन विजयी भएलगत्तै उनले उत्तर कोरियासँगको सम्बन्धमा नरमपन देखाएका छन् । यसबाट दुई कोरियाबीचको तनावपूर्ण सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ । करिब दुई साताअगाडि मुन राष्ट्रपति पदमा निवार्चित भएका थिए ।

वर्तमान राष्ट्रपति दक्षिण कोरियाको गियोजेमा जन्मिए पनि उनको पैतृक थलो भने हालको उत्तर कोरियामा पर्छ । दुई कोरियाको विभाजनपश्चात् उनका पिता मुन योङ-ह्युङ उत्तर कोरियाबाट पलायन भई शरणार्थीको रूपमा दक्षिण कोरिया प्रवेश गरेका थिए । मुनले आफ्ना पितासँगसँगै दक्षिण कोरिया आई शिक्षा आर्जनलगायत चरित्र निर्माण गरेका थिए । आफू राष्ट्रपतिमा निर्वाचित भएलगत्तै मुनले बाल्यकालमा रमाएको भूमिउपर सद्भाव प्रदर्शन गर्ने र स्थिति अनुकूल हुनासाथ अतिशीघ्र प्योङयाङ भ्रमण गर्ने बताएका थिए । राष्ट्रपति भएलगत्तै मुनले उत्तर कोयिासँग छलफल र सार्थक वार्ता गर्ने जानकारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.