अस्वीकार्य उदासीनता

अस्वीकार्य उदासीनता

खुला सिमानाका कारण आवागमन सहज रहेको भारतमा रोजगार, तीर्थ, शिक्षा, अध्ययनसँगसँगै औषधोपचारको लागि नेपाली त्यसतर्फ जाने गर्छन्, हजारौंको संख्यामा । दुवै मुलुकमा अत्यधिक बहुमत हिन्दुहरूको छ र उनीहरूका 'गुरु' र आ श्रमहरू सीमाका दुवैतिर छन् । आस्थाका आधारमा रहेको आबद्धताको औचित्य सधैं तर्क र वैज्ञानिकताबाट पुष्टि हुन सक्तैन । भारतमा आफ्ना अलग 'धार्मिक समूह' का नेताहरू आर्थिक अनियमिततालगायत विभिन्न गैरकानुनी गतिविधि या अभियोगमा बन्दी बनाइएका छन्, मुद्दा खेपिरहेका छन् । तर यति हुँदाहुँदै पनि त्यस्ता नेता या अगुवाहरूका समर्थकहरूको आस्था डग्मगाउँदैन, अधिकांश मामिलामा ।

यसको अर्थ आफ्ना गुरुप्रति अन्धभावले समर्पित श्रद्धालुहरूले आपराधिक गतिविधिबाट उन्मुक्ति पाउनुपर्छ भन्ने हैन । तर सरकारी उदासीनता तथा लामो कानुनी प्रक्रियाका कारण उनीहरू 'अभियोग' सिद्ध भएको अवस्थामा भन्दा बढी प्रताडित या दण्डित हुनु हुँदैन, पक्कै पनि ।

अहिले २६ जना नेपाली भारतको हरियाणामा विगत दुई वर्षदेखि बन्दी जीवन बिताइरहेका छन् । आफ्ना आस्थाका कारण त्यहाँ 'सन्त रामपाल' को प्रवचन सुन्न गएका ५० जना नेपाली गिरफ्तार गरिए प्रहरीद्वारा । किनकि उनीहरूको उपस्थिति भएकै बेला सरकारी जमिन हडपको आरोपमा सन्त रामपाल आ श्रममाथि प्रहरीले छापा मार्‍यो । प्रहरी र आ श्रमबीचको भिडन्तकै क्रममा नेपाली श्रद्धालुहरू गिरफ्तार भए र नियमअनुसार जनही एक लाख रुपैयाँ धरौटी राख्ने हैसियत भएका २४ जना जमानतमा रिहा भए, यद्यपि नेपाल आइसकेपछि पनि हरेक १५ दिन या अदालतले बोलाएको समयमा उनीहरूलाई त्यहाँ पुग्नुपर्ने बाध्यता छ । आर्थिक अवस्थाका कारण २६ जना जमानत लिन नसकेर जेलमै यातनापूर्ण जीवन बिताइरहेका छन् ।

ती २६ जनाको संलग्नताको प्रकृति के थियो, त्यो प्रहरी छापा र भिडन्तका बेला ? भन्न कठिन छ । सामान्यतया गुरुप्रति श्रद्धाभाव राख्ने नेपालीहरू आ श्रमको पक्षमा उभिएका थिए भनी मान्न सकिन्छ । सामान्यतया विदेशीहरू गिरफ्तार हुँदा उनीहरूको दूतावासलाई त्यसबारे जनाउ दिइन्छ र दूतावासले उनीहरूलाई कानुनी संरक्षण प्रदान गर्छ । तर यो मामिलामा सम्भवतः दिल्लीस्थित नेपाली दूतावासले त्यति सक्रिय चासो देखाएको छैन ।

भारत र नेपालमा हिन्दुहरूका विभिन्न धार्मिक संगठनहरू छन् र यदाकदा उनीहरूबीच समन्वय पनि हुने गर्छ । त्यहाँको सम्पत्ति विवादमा नेपाली श्रद्धालुहरू छानबिन र कुनै स्पष्ट अभियोगबिना जेलमा सड्नुमा त्यस्ता संस्थाहरूको उदासीनता पनि मानिन्छ । वास्तवमा आफूलाई सांस्कृतिक र धार्मिक संस्था मान्दै आएका राष्ट्रिय स्वयंसेवक संघ र विश्व हिन्दु परिषद्को समेत यसबारे विशेष सक्रियता देखाई अर्थ अभावका कारण कानुनी उपचारबिना जेलमा रहेका ती नेपालीको रिहाइको लागि सक्रिय हुने अपेक्षा गरिन्छ । गरिबहरू न्यायबाट वञ्चित हुनुपर्ने 'धार्मिक' व्यवस्था या त्यसप्रति उदासीन धार्मिक सांस्कृतिक संगठनको अस्तित्वको औचित्य समाप्त हुनेछ यदि हरियाणामा रहेका नेपलीहरूले तत्काल न्याय पाएनन् भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.