एभरेस्ट बैंकको निक्षेप परिचालन योजना सुरु
काठमाडौं : वित्तीय समावेशितालाई प्रोत्साहन गरी बैंक निक्षेपको आधारलाई मजबुत बनाउन एभरेस्ट बैंकले 'निक्षेप परिचालन योजना' सुरु गरेको छ । जेठ १ गतेदेखि सुरु भएको यस योजनाको अवधि एक महिना रहने बैंकले जनाएको छ । त्यस्तै समाजका विभिन्न समूहलाई बचतमा बानी बसाल्न यस योजनाअन्तर्गत बैंकले बचत तथा चल्ती खातामा जोड दिएको छ ।
बैंकले खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५० प्रतिशत छुट प्रदान गरेको छ । बचत तथा चल्ती खातामा विशेष जोड दिए पनि ग्राहकले मुद्दति र कल खातामा पनि आर्कषक ब्याजदर पाउने बैंकले जनाएको छ।
एभरेस्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, ६ एक्सटेन्सन काउन्टर, २५ राजस्व संकलन काउन्टर र ८८ एटीएम तथा बृहत बाह्य सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले एसियन पेन्ट्स न्युबिज 'बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३' का साथै आव २०६८÷०६९ मा 'वाणिज्य बैंकमध्ये सर्वाधिक करदाता' को सम्मान प्राप्त गरेको थियो ।