वीरायतन नेपाल अन्तराष्ट्रिय संस्थाको स्थापना
काठमाडौं : विश्वभर सेवा सञ्जालमार्फत सामाजिक कार्य गर्दै आएको वीरायातन संस्थाले नेपालको सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले 'वीरायतन नेपाल' नामक संस्था गठन गरेको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आथित्यमा संस्थाको औपचारिक शुभारम्भ भएको छ ।
आचार्य चन्दनाजीको संरक्षकत्वमा सन् १९७३ मा भारतमा स्थापना भएको यस संस्थाले नेपालमा अन्तर्राष्ट्रियस्तरको स्थायी संरचना निर्माण गरी समाजका उत्पीडित बालबालिकाको उज्ज्वल भविष्य, शिक्षा, दिक्षा तथा महिलामा सीपको विकास एवं महिला सशक्तीकरण गर्ने लक्ष्य लिएको छ । आचार्य चन्दनाजीको मेहनत, प्रयास र मार्गदर्शन एवं नेतृत्वमा हाल दश हजारभन्दा बढी बालबच्चा प्रत्यक्ष रूपमा शिक्षाबाट लाभान्वित भएका छन् ।
यस संस्थामार्फत महिलाले सीपमूलक तालिम प्राप्त गरेका छन् भने स्वास्थ्य सेवा प्राप्त गरी संसारभरिका मानिसको जीवनमा राम्रो परिवर्तन भइरहेको छ । उहाँको मार्गदर्शनबाट नेपालमा पनि यस संस्थाको स्थापना गरिएको जनाइएको छ । नेपालमा स्थापना भएको यस संस्थाको अध्यक्षयमा बच्छाराज तातेड, उपाध्यक्ष मोतीलाल दुगड, महासचिव बिनोदकुमार सेठिया, कोषाध्यक्ष प्रतापसिंह तातेड, सदस्यमा ज्योतिकुमार बेगानी, सुनीलकुमार लुनिया, श्रुति दुगड, संरक्षकमा कभिन्द्रनाथ मोदी रहनुभएको छ । वीरायतनले नेपालमा गएको २०७२ को प्रलयकारी भूकम्पश्चात राहत एवं पुनस्र्थापनाका लागि महत्वपूर्ण सहयोग पुर्याएको थियो ।