कालीकोटको नरहरिनाथमा एमालेका विष्ट विजयी

कालीकोटको नरहरिनाथमा एमालेका विष्ट विजयी

कालीकोट :  जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षका उम्मेदवार नेकपा ९एमाले०का धिरबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँले दुई हजार ४६० मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मीनबहादुर बोगटीले दुई हजार २३८ मत ल्याउनुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार मनशोभा बुढा विजयी हुनुभएको छ । उहाँले दुइ हजार २४९ मत ल्याई विजयी हुुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का सुनिता बुढाले दुई हजार ३८ मत ल्याउनुभएको बताइएको छ । नरहरिनाथ गाउँपालिकामा चारवटा वडामा नेकपा (एमाले), तीनवटा वडामा नेकपा ९माओवादी केन्द्र० र दुईवटा वडामा नेपाली काँग्रेसले जित हासिल गरेको निर्वाचन अधिकृत प्रदीपराज अधिकारीले बताउनुभएको छ ।

कालीकोट जिल्लामा दुई नगरपालिका ९तिलागुफा र रास्कोट० सहित तीन गाउँपालिका ९पचालझरना, सान्नित्रिवेणी र पलांता०मा नेकपा ९माओवादी केन्द्र०ले जित हासिल गरेको छ भने खांडाचक्र नगरपालिकामा नेकपा ९एमाले०ले जित हासिल गरेको छ ।

महावै गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (एमाले)ले विजय हात पारेको छ भने नरहरिनाथ गाउँपालिकामा अध्यक्ष नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि सेरापाटा मतदान केन्द्रमा पुनः भएको मतदानपछि नेकपा ९माओवादी केन्द्र०को प्यानलै विजयी भएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.