कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई रु ८७ लाख

कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई रु ८७ लाख

खोटाङ :  वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । रोजगारीको सिलसिलामा २०६८ साल असोज १३ गते ज्यान गुमाएका जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका भूमिप्रसाद राईको परिवारलाई रु ८७ लाख ६६ हजार ७९३ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो ।

क्षतिपूर्तिस्वरुप परराष्ट्र मन्त्रालयमार्फत आएको रकम मृतककी श्रीमती बीना राईलाई चेकमार्फत रकम हालै हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताउनुभयो । “कागजपत्र नमिल्दा निक्कै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “ढिलै भए पनि मृतकका परिवारलाई सम्बोधन गर्ने काम भएको छ ।”

यसअघि कुवेतमै ज्यान गुमाएका साकेला गाउँपालिका–५ मात्तिमका चन्द्रवोल राईका परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको थियो । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख १० हजार २२० क्षतिपूर्तिबापतको रकम उपलब्ध गराइएको हो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.