युगकवि सिद्धिचरण पुरस्कार त्रिपाठी र पुष्पहरिलाई

युगकवि सिद्धिचरण पुरस्कार त्रिपाठी र पुष्पहरिलाई

काठमाडौं : युगकवि सिद्धिचरण श्रेष्ठको १०६ औं जन सम्मान वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । नेपाली कविता तथा लोक साहित्यका क्षेत्रमा योगदान पु‍र्याए बापत् उहाँलाई उक्त पुरस्कार दिइएको हो ।

युगकवि सिद्धिचरण श्रेष्ठको १०६ औं जन्मजयन्तीका अबसरमा आषेजित कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले कवि एवं संस्कृतिविद् दिवसलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । त्रिपाठीलाई १ लाख सहित पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै समारोहमा सञ्चारकर्मी जयदेव भट्टराईलाई २०७२ को, पुष्पहरि क्याम्पा राईलाई २०७३ को र नरेशवीर शाक्य २०७४ को सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । युगकवि सिद्धिचरण पुरस्कारमा एक लाख रुपैयाँ र ताम्रपत्र रहेको छ भने पत्रकारिता पुरस्कारमा जनही २५ हजार रुपैयाँ रहेको छ ।

समारोहलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारीले युगकवि सिद्धिचरण श्रेष्ठको सिर्जनाका बिषयमा चर्चा गर्दे नेपाललाई बिविधता भित्र एकताको भावना लिएर अघि बढ्न आवश्यक भएको बताउनुभयो ।त्यस्तै सिद्धिचरण युवा पत्रकारिता २०७३ बाट पुरस्कृति सञ्चरकर्मी क्याम्पाराईले पुरस्कारले युगकवि सिद्धिचरण श्रेष्ठको रचनाले आफ्नो जन्मभूमिलाई चिनाउन योगदान पुगेको बताउनुभयो ।


प्राडा गार्गी शर्मा, डा फणीन्द्रराज निरौला र डा शैलेन्द्रप्रकाश नेपाल रहेको पुरस्कार छनोट समितिले गरेको सिफारिसका आधारमा युगकवि सिद्धिचरण प्रतिष्ठानले पुरस्कार प्रदान गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.