संसद बैठक भोलि चार बजेसम्म स्थगित, चार बजे प्रधानमन्त्रीले सिंहदरबारबाट सम्बोधन गर्ने

संसद बैठक भोलि चार बजेसम्म स्थगित, चार बजे प्रधानमन्त्रीले  सिंहदरबारबाट सम्बोधन गर्ने

काठमाडौं  :व्यवस्थापिका संसदको बैठक भोलि चार बजेसम्म लागि सूचना टाँस गरी स्थगित भएको छ। संसद बैठक सञ्चालन भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने र राजीनामा दिने भनिएपनि प्रतिपक्ष नेकपा एमालेको चेतावनीका कारण बैठक बस्न नसकेको हाे। संसद बैठक बस्न नसकेपछि प्रधानमन्त्री  पुष्पकमल दाहालले अाज दिउँसाे चार बजे सिंहदरबारबाट सम्बाेधन गर्ने हुनु भएकाे छ । उहाँले अाज जनताका नाममा सम्बाेधन गरी राजनीनामा दिने बताइएकाे छ ।

दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशबासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तर राजीनामाबारे अाफूहरुलार्इ जानकारी नभएकाे र चार बजेसम्म धैर्य गर्न अाग्रह गर्नुभयाे । 


स्थानीय तहको पछिल्लो पटक थपिएको संख्याको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि बैठक भोलिसम्मको लागि स्थगित भएको हो । छलफलका लागि प्रधानम्नीले  बुधबार तीन दलको बैठक बोलाए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नगएपछि तीन दलको बैठक बस्न सकेन । 

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा विशेष सम्बोधनपछि राजीनामा दिने तयारी गरे पनि चुनावअघि सरकार परिवर्तन हुदाँ चुनाव प्रभावित हुने भन्दै एमालेले विरोध गर्दै आएको छ ।  

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नगएपछि बुधबार तीन दलको छलफल हनु नसकेको हो । शीर्ष तीन दलबीच दोस्रो चरणको चुनाव, बजेटबारे कुरा मिलेको छैन् । यसैबीच प्रधानमन्त्री दाहालले संसद चल्न नपाएपछि सिंहदरबारबाटै राजीनामा दिन सक्ने बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.