मतपत्र च्यतिएपछि गणना स्थगित

मतपत्र च्यतिएपछि गणना स्थगित

धनगढी: यहाँस्थित कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको चुनावपछि मतगणनाका क्रममा आज मत च्यातिएपछि गणनाको काम स्थगित भएको छ।

आज मतगणना भइरहँदाभित्र प्रवेश गरेको एक समूहले मतपत्र च्यातेपछि मतगणना स्थागित गर्नुपरेको निर्वाचन समितिका श्यामराज जोशीले बताउनुभयो।
मतपत्र च्यातेको आरोपमा प्रहरीले नेविसङ्घका केही विद्यार्थी नेतालाई पक्राउ गरेको छ। मत गणनामा अनेरास्ववियुका सभापति उम्मेदवारले अग्रता लिइरहदा मतपत्र च्यातिएको जनाइएको छ।

सात नम्बर प्रदेशको सबै भन्दा ठूलो र झन्डै चार हजार विद्यार्थी भएको कैलाली बहुमुखी क्याम्पसमा मङ्गलबार स्ववियुको निर्वाचन भएको थियो । क्याम्पसमा यसअघि गत फागुनमा स्ववियुको चुनाव हुन सकेको थिएन। रासस

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.