भिषण मुकारुङको खुसी सार्वजनिक (भिडियो)
काठमाडौं : गायक तथा संगीतकार भिषण मुकारुङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ३ बर्षअघि आएको ‘चन्द्रमुखी’ एल्बममा समावेश गरिएको गीत ‘खुसी’ को म्युजिक भिडियो सार्वजनिक भएको हो।
गीतमा भिषणकै संगीत र स्वर रहेको छ। जीवन मुकारुङले शब्द रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन्। राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एलिसा राई, निराजन प्रधान र मन्दीप राईको अभिनय छ।