ढाका टोपी र बुद्धको मूर्ति दिएर अन्तर्राष्ट्रिय मुद्रण सम्मेलनको उद्घाटन
काठमाडौं: एशिया प्यासिफिक (एफएपिजीए २०१७) अन्तर्राष्ट्रिय मुद्रण सम्मेलनको उदघाटन अस्ट्रेलियाको मेलबर्नमा गरिएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेशीहरुलाई नेपाली ढाका टोपी र बुद्धको मूर्ति दिएर उक्त सम्मेलनको उद्घाटन गरिएको हो।
सम्मेलनको उद्घाटन समारोहमा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष माधब के.सीले सबैलाई नेपाली ढाका टोपी पहिर्याइ दिनु भएको थियो।
पाँच दिनसम्म चल्ने सम्मेलनमा पन्ध्र राष्ट्रको प्रतिनिधिको सहभागिता रहेको छ।