चुनावको मौका छोपेर चाँदी तस्करी

चुनावको मौका छोपेर चाँदी तस्करी

विराटनगर : दोस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्ध मिलाउन सुरक्षाकर्मी व्यस्त भएको मौका छोपेर विराटनगरको बाटो हुँदै भारततर्फ सुनचाँदी तस्करी हुन थालेको पाइएको छ ।

नजिकिंदो निर्वाचनमा प्रहरी केन्द्रीत हुँदा त्यसको फाइदा उठाउँदै विराटनगरलाई ‘ट्रान्जिट प्वाइन्ट' बनाएर सुनचाँदी तस्करहरु सलबलाउन थालेको प्रहरी अनुसन्धानले देखाएको छ । मोरङ प्रहरीको विशेष टोलीले भारत कटाउन लागिएको ठूलो परिणामको चाँदी सहित एक दम्पत्तीलाई विराटनगरबाट पक्राउ गरेको छ । ४० किलोग्राम चाँदी सहित विराटनगर १३ शान्ति चौकका ३८ वर्षीय सञ्जय अग्रवाल र उनकी पत्नी सीमा अग्रवाललाई विराटनगर भन्सार कार्यालय नजिकबाट पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी पवन भट्राईले बताउनु भयो ।


उहाँका अनुसार मोरङमा तस्करीको चाँदी यति ठूलो परिणाममा पक्राउ परेको सम्भवत यो नै पहिलो घटना हो । यस अघि थोरै परिणाममा पक्राउ गरिए पनि यति ठूलो परिणाममा तस्करीको चाँदी बरामद हुन सकेको थिएन । यस अघि तत्कालीन मोरङ प्रहरी प्रमुख एसपी विश्वाराज पोखरेलका पालामा २०७० सालमा तस्करीको आठ किलो सुन मोरङको हात्तिमुडाबाट प्रहरीले बरामद गरेको थियो ।

‘सुनचाँदी तस्करीमा अग्रवाल दम्पत्ती संलग्न भएको सूचना केही अघिदेखि प्रहरीलाई आइरहेको थियो,' डीएसपी भट्राईले भन्नु भयो, ‘केही दिनदेखि निगरानी बढाइएका कारण पक्राउ गर्न सकिएको हो ।' बीआर ३८ एफ ७८०० नम्बरको अल्टो कारमा राखेर भारतको अररियाको फारविसगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा दम्पत्तीलाई तस्करीको चाँदी सहित पक्राउ गरिएको जानकारी उहाँले दिनु भयो ।

भन्सार कार्यालय अगाडि कार रोकेर खानतलासी गर्दा चाँदी फेला परेको थियो । पक्राउ परेका अग्रवालले आफू चाँदी कारोवारी भएको जानकारी प्रहरीलाई दिएका छन् । अग्रवाल दम्पत्ती लामो समयदेखि चाँदी तस्करीमा संलग्न रहेको अनुमान प्रहरीको छ । प्रहरीले चीनबाट ल्याएर चाँदी भारततर्फ तस्करी हुने गरेको आशंका गरेको छ । ‘प्रहरीले नियन्त्रणमा लिन नसकेको भए चाँदी भारत कटाइहाल्ने रहेछन्,' भट्राईले भन्नु भयो, ‘प्रहरीले उच्च निगरानी बढाएका कारण पक्राउ गर्न सजिलो भयो ।' चाँदी पक्राउ गरिएको स्थानबाट भारतको जोगवनी लगभग सय मिटर दूरीमा पर्छ ।

उहाँका अनुसार निर्वाचनलाई लक्षित गरेर नेपाल-भारत सीमावर्ती क्षेत्रमा चेकजाँचमा कडाई गर्दै उच्च निगरानी बढाइएका कारण पनि चाँदी पक्राउमा प्रहरीलाई सफलता मिलेको हो । ‘विराटनगरलाई मुख्य ट्रान्जिट प्वाइन्ट बनाउँदै भारततर्फ सुनचाँदी तस्करी गर्ने ठूलो गिरोह सक्रिय रहेको पाइएको छ,' डीएसपी भट्राईले भन्नु भयो, ‘तस्करीका मुख्य नाइके पक्राउ परेका कारण सुनचाँदी तस्करीको जालो तोड्न अब प्रहरीलाई सजिलो हुने भएको छ ।' उहाँले भारतसँग सीमा जोडिएका सबै स्थानमा कडाई गर्दै चेकजाँचलाई तीब्र पारिएको जानकारी पनि दिनु भयो । त्यसका लागि विशेष टोली परिचालन गरिएको छ ।

भट्टराईले पक्राउ परेका अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान थालिएको बताउँदै भन्नु भयो, ‘प्रहरीले प्रारम्भीक अनुसन्धान सकेर कारवाही अघि बढाउने छ । नेपाली नागरिक अग्रवालले चाँदी ओसारपसारमा भारतीय कारको प्रयोग गरेका कारण तस्करीमा भारतीयको पनि संलग्नताको आशंका गरिएको छ ।' उहाँले निर्वाचनको मौका छोपेर हुने विभिन्न दुई नम्बरी धन्दा र अपराध नियन्त्रणमा प्रहरी सक्रिय रहेको जानकारी पनि दिनु भयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.