सरकारी सिमेन्टमा ‘ब्रेक थ्रु

सरकारी सिमेन्टमा ‘ब्रेक थ्रु

उदयपुर : चर्को लोडसेडिङले उदयपुर र हेटौंडा सिमेन्ट उद्योग नराम्रोसँग प्रभावित भए । विद्युत् कटौतीको समयमा जेनेरेटरबाट सञ्चालन नहुँदा सरकारी स्वामित्वका उदयपुर हेटौंडा सिमेन्ट बन्द नै हुन्थे । वैकल्पिक ऊर्जाको प्रबन्ध थिएन, बिजुली आउँदामात्र उद्योग सञ्चालन हुन्थ्यो । लोडसेडिङकै कारण दुवै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् । यसमाथि राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनले उद्योग धरासायी नै हुने अवस्थामा पुगिसकेका थिए ।

मंसिर महिनादेखि मुलुकमा लोडसेडिङ कम भयो । विद्युत् आपूर्ति बढेपछि दुवै उद्योग करिब पूर्ण क्षमतामा चल्न थाले । उदयपुर सिमेन्टको व्यवस्थापन भन्छ, ‘विद्युत् आपूर्ति बढेपछि अहिले दुवै उद्योग ९० प्रतिशत क्षमतामा चलिरहेका छन् । मजदुर पनि उत्साहित देखिन्छन्, उद्योगमा कुनै प्रकारको अवरोध छैन ।' बिनाअवरोध पूर्ण क्षमतामा उद्योग चल्न थालेपछि उदयपुर सिमेन्ट पहिलोपटक नाफामा गएको छ । हेटौंडा सिमेन्टको नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । उदयपुरले माघयता मात्रै १६ करोडभन्दा बढी नाफा कमाइसकेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पाैडेलले जानकारी दिनुभयो।

हेटौंडा सिमेन्टले चालू आर्थिक वर्षको १० महिनामै साढे २३ करोडभन्दा बढी नाफा आर्जन गरिसकेको छ । ऊर्जा आपूर्तिको समय बढ्नु र मजदुर उत्साहित भएर काम गर्नु नै सिमेन्ट उद्योग नाफामा जानुको प्रमुख कारण हो । उदयपुरको गैंडा छाप र हटौंडाको शक्ति ब्रान्ड बजारमा चल्तिका सिमेन्ट हुन् । ठूला परियोजनादेखि सर्वसाधारण पनि पाएसम्म सरकारी सिमेन्ट नै प्रयोग गर्न खोज्छन् । तर, सरकारी स्वामित्वकै काठमाडौंको चोभारमा रहेको चर्चित हिमाल सिमेन्ट उद्योग भने पूर्णरूपमा बन्द भइसकेको छ ।

सरकारी उद्योग सुस्त गतिमा चरिहेका बेलामा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द उद्योग चलाउने अभियान सुरु गरे । यो अभियानमा सिमेन्ट उद्योगले पनि प्राथमिकता पाउँदा घाटामा चलिरहेका सिमेन्ट उद्योग लयमा फर्किएका हुन् । मन्त्री जोशीले उद्योगको व्यवस्थापन चुस्त बनाउन भूमिका खेलेका थिए । दुवै सिमेन्ट उद्योगको प्रमुख बजार काठमाडौं रहेको व्यवस्थापनले जानकारी दिएको छ । तर, गैंडा र शक्ति सिमेन्टको बजारमा चर्को माग रहे पनि अपूर्ति सोही अनुरुपमा हुन सकिरहेको छैन । सिमेन्टमा निजी क्षेत्रबाट खर्बौं रुपैयाँ लगानी भइरहेका बेलामा सरकारी उद्योग पनि उत्पादन बढाउने तयारीमा जुटेका छन् । प्रशस्त कच्चा पदार्थ (चुन ढुंगा) भएको नेपालमा सिमेन्ट उद्योगमा स्वदेशी विदेशी लगानी बढी आकर्षित देखिन्छ । मुलुक सिमेन्टमा लगभग आत्मनिर्भर बनिसकेको छ ।

उदयपुर सिमेन्ट

सात बिघा क्षेत्रफलमा फैलिएको उदयपुर सिमेन्ट उद्योगले २०४९ साल देखि व्यावसायी उत्पादन सुरु गरेको थियो । करिब साढे ६ अर्ब लगानीमा सञ्चालन भएको उद्योग २५ वर्षपछि नाफामा आर्जन गर्दैछ । दैनिक आठ सय मेट्रिक टन किलिंकर उत्पादनको क्षमता रहेको यस उद्योगले २५ वर्षसम्म फुल फेजमा उत्पादन गर्न सकेको छैन । दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमता भएपनि दैनिक पाँच सय मेट्रिक टनभन्दा बढी उत्पादन गर्न सकेको थिएन् । उद्योगले उत्पादन सुरु गरेको १७ वर्षपछि अन्य वर्षको तुलनामा सबैभन्दा बढी क्षमतामा किलंकर उत्पादन गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।

उद्योगको दैनिक क्षमता आठ सय मेट्रिक टन भए पनि अहिले ६ सयदेखि सात सय मेट्रिक टन क्लिंकर दैनिक उत्पादन भइरहेको छ । उद्योगले चालू आवको वैशाख महिनामा उद्योगले दुई लाख २० हजार पाँच सय ६० बोरा सिमेन्ट बिक्री गरिसेको छ । तर, गत आवको वैशाख महिनामा उद्योगले मात्र २९ हजार आठ सय बोरा मात्र्र सिमेन्ट बिक्री गरेको थियो । उद्योगले प्रतिबोरा उद्योगबाटै सात सय ५१ रुपैयाँमा सिमेन्ट बिक्री गरिरहेको छ ।

अब उद्योग सञ्चालनका लागि सरकारसँग रकम माग्न पर्ने अवस्था अन्त्य भएको छ । उद्योगको क्षमता विस्तारमा आफूहरू लागि रहेको उहाँले जानकारी दिनुभयो । अबको करिब दुई वर्ष भित्र दैनिक दुई हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने सक्ने गरी क्षमता विस्तार गर्ने पौडेलेको दाबी छ । तर, सार्वजनि खरिद ऐनका कारण समयमा नै काम गर्न भने असहज भएको उहाँको भनाइ छ । उद्योगमा प्रयोग भइका मेसिन जापनिज कम्पनीको छ । मर्मत तथा नयाँ खरिद गर्दा ब्रान्ड तोक्न नपाउँदा गुणस्तरीय सामान पाउन समेत असहज भएको पौडेलको भनाइ छ । उद्योगले उत्पाद गर्ने सिमेन्ट ५३ ग्रेडको हो ।

विस्तारै उद्योगले बोरा बेच्न छोडेर ट्रकका ट्रक क्लिंकर बेच्नु पर्ने पौडेलको भनाइ छ । यसबाट बर्सेनि आठ अर्बभन्दा बढी क्लिंकर आयातमा नेपालबाट बाहिीरएको रकम बचत गर्न सकिने उहाँको भनाइ छ । यसका लागि पनि सरकारले क्लिंकर आयातमा प्रतिबन्ध लगाउनुपर्ने हुन्छ । उद्योगले उत्पादन गर्ने सिमेन्टमा क्लिंकर ९५ प्रतिशत र जिप्सन ५ प्रतिशत छ । उद्योगले क्लिंकर बनाउनका लागि भुटान तथा भारतबाट फलामे धाउ र कोइला भारत, इन्डोनेसि अफ्रिक र भुटानबाट आयात गर्छ । उद्योगको स्थापना कालदेखि अहिलेसम्म साढे तीन अर्ब सञ्चित घाटा छ । पछिल्लो समय वार्षिक ३० करोड घाटा हुनेगरे पनि सरदरमा २० करोड घाटा रहेको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा सिमेन्ट

मकवानपुर जिल्लाको हेटौंडामा २०३३ सालमा स्थापना भएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट पनि उत्पादनमा ब्रेक थ्रु चरणमा छ । २०४३ सालदेखि व्यवसायी उत्पादन सुरु गरेको उद्योगको घाटा अहिलेसम्म ८३ करोड रुपैयाँ छ । चालू आवमा २३ करोड नाफा गर्दै यो वर्ष घाटा ६० करोडमा झार्ने उद्योगको लक्ष्य छ ।

अर्को वर्ष उत्पादन क्षमता विस्तार गर्दै ६० नै करोड ऋण तिरेर घाटा शून्यमा झार्ने उद्योगमा महाप्रबन्धक इन्जिनियर प्रेमशंकर सिंहको दाबी छ ।
उद्योगले उत्पादन गर्ने सिमेन्टमा ४८ ग्रेड राखिएको छ । यो उद्योग एसियाली विकास बैंक एडीबीको सहयोगमा स्थापन भएको हो । उद्योगको दैनिक उत्पादन क्षमता सात सय ५० मेट्रिक टन हो । तर, उद्योगले अहिले सरदर दैनिक पाँच सय मेट्रिक टन उत्पादन गरिरहेको छ । उद्योगले धादिङको जोगीमार खानीबाट चुनढुंगा प्रयोग गरिरहेको छ ।

सामान्य अवस्थामा बत्ती नगएको दिनमा भने फुल फेजमै सात ५० मेट्रिक टन उत्पादन हुने गरेको सिंहले जानकारी दिनुभयो । उद्योगले चालू आवको १० महिनामै एक लाख २३ हजार ८५ मेट्रिक टन क्लिंकर उत्पादन गरिसकेको छ । तर, गत आवको १० महिनामा उद्योगले मात्र ४८ हजार मेट्रिक टन क्लिंकर उत्पादन गरेको थियो । पाँच वर्षका उत्पादन परिमाणलाई हेर्ने हो भने उद्योगले क्षमता सबैभन्दा बढी प्रयोग गरेको चालू आव नै हो ।
उत्पादन वृद्धि सगै सिमेन्टको लागतमा पनि कमी आएको छ । आव २०७२÷०७३ मा प्रतिबोरा आठ सय रुपैयाँसम्म लागत पुगेको थियो भने अहिले यो वर्ष प्रतिबोरा लागत मूल्य ६ सयमा झरेको सिंहले जानकारी दिनुभयो ।

उद्योगले सामान्य १० करोड भारु थप गर्दै उद्योगको क्षमता नौ सय ९५ मेट्रिक टन बनाउन सक्ने अध्ययन पनि गरेको सिंह बताउनुहुन्छ । सवा एक अर्बको लगानी विस्तार गर्ने हो भने उद्योगको उत्पादन क्षमता प्रतिदिन २७ सय ५० मेट्रिक टन बनाउन सक्ने अवस्था रहेको सिंह बताउनुहुन्छ । तीन अर्ब अधिकृत पुँजी रहेको उद्योगको जारी पुँजी एक अर्ब ५० करोड रहेको छ । उद्योगको कुल चुक्ता पुँजी भने ९० करोड ६ लाख ८५ हजार छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.