‘हे मोरी पातली’ भिडियोमा एलिसा र टंकको रोमान्स (भिडियो)

‘हे मोरी पातली’ भिडियोमा एलिसा र टंकको रोमान्स (भिडियो)

काठमाडौँ : आकाशैमा चिल उड्यो, दार्जिलिङको रेलैमा, मायाको डोरीलगायत थुप्रै चर्चित गीत दिएको ‘ग्लुमी गाइज’ ब्याण्डका गिटारिष्ट एवं भोकलिष्ट सुजेश वैद्यले ‘हे मोरी‘’ गीतको भिडियो युट्यूब मार्फत सार्वजनिक गरेका छन्। शब्द संगीत र स्वर सुजेशको नै रहेको छ। लामो समयदेखि बेलायत बस्दै आएका वैद्यले भिडियोको सम्पूर्ण छांयाकन बेलायतमै गराएका हुन् ।

बेलायतका सफा र रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा एलिशा वैद्य र टंक धमलाको अभिनय रहेको छ।

जसका माध्यमबाट युवा अवस्थाका प्रेमी प्रेमीकाको प्रेम र रोमान्सलाई नजिकबाट देखाउन खोजिएको छ। बेलायतको केन्द्र ट्रर्फलगर स्क्वायर, टावरब्रिज, वेष्ट मिनिष्टर, लण्डन आई, लगायतका विभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको भिडियोलाई संचारकर्मी तथा निर्देशक श्रेष्ठले निर्देशन गरेका हुन्।

श्रेष्ठ बेलायतमा नेपाली समुदायबीच लोकप्रिय छन्। उनले यसअघि पनि थुप्रै म्युजिक भिडियोहरु निमार्ण गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.