आठ किलो चाँदीसहित एक पक्राउ

आठ किलो चाँदीसहित एक पक्राउ

महेन्द्रनगर :  करिब आठ किलो चाँदीसहित एकजनालाई आज धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा हरवरा–९ का कारी यादवलाई सात किलो ८०० ग्राम अवैध चाँदीसहित प्रहरीले धनुषाको धनौजीबाट जाँचका क्रममा पक्राउ गरेको हो ।

ज १ प २१७९ नंको रातो अपाचे मोटरसाइकलको सिटमुनि लुकाएर भारतबाट आइरहेका बेला जाँच गर्दा उक्त परिमाणको चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरेको चाँदीको गरगहना झन्डै रु चार लाख ९५ हजार बराबरको रहेको छ । पक्राउ परेका यादवलाई म्याद थप गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.