अमेरिकामा नेपाली फिल्म अवार्ड 

अमेरिकामा नेपाली फिल्म अवार्ड 

काठमाडौं : नेपाल फिल्म सोसाइटी र ग्लोबल फिल्म अवार्डको संयुक्त आयोजनामा अमेरिकाको कोलोराडोमा आगामी अगस्टमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड' हुने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिइएको हो ।

गत वर्षदेखि सुरु भएको अवार्डको यो दोस्रो संस्करण हो ।पत्रकार सम्मेलनमा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले विदेशमा हुने यस प्रकारको अवार्ड चलचित्रकर्मीलाई सम्मानमात्रै नभई नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण एवं नेपालको पर्यटन विकासका लागि आधार पनि हुने बताए । ‘हरेक अवार्ड निर्णायकको दृष्टिकोण र मूल्यांकनका आधारमा हुन्छ तर यो अवार्ड चलचित्र र कलाकारको लोकप्रियताका आधारमा तय गरिन्छ', अध्यक्ष मल्लले भने, ‘गत वर्ष हामीले निम्तो दिएर पनि भिसाका कारण अवार्ड समारोहमा कतिपय कलाकारलाई स्वागत गर्न नपाउँदा खल्लो लाग्यो ।

यसपटक त्यस्तो नहोस् भन्ने चाहन्छौं ।' नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न, नेपालमा सिनेमा टुरिजमको विकास गर्न, नेपाललाई सुटिङ डेस्टिनेसनका रूपमा चिनाउन अमेरिकामा अवार्ड आयोजना गरिएको अवार्ड संयोजक शैलेश पोखरेलले जानकारी दिए । यस अवार्डलाई गत वर्षदेखि शेर्पा ब्रुअरीको उत्पादन खुम्बु खोल्चले शीर्ष प्रायोजन गर्दै आएको छ । पत्रकार सम्मेलनमा ब्रुअरीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले अवार्डका कारण अमेरिकामा रहेका नेपालीहरू उत्साहित हुनुका साथै नेपालमा पर्यटन विकासका लागि सहयोग पुग्ने बताए ।

कार्यक्रममा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र विकास बोर्डका सदस्य अशोकप्यासी राई, नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटालगायतले अवार्डको सफलताका लागि शुभकामना दिएका थिए । सो अवसरमा गत वर्षको अवार्डमा सहभागी भई अवार्ड पाएका अभिनेत्री बसुन्धरा भुसाल, अभिनेता सुनील थापाले आआफ्नो अनुभव सुनाएका थिए । ‘मेरो लक्ष्य ओस्कार अवार्ड हो । त्यसका लागि ग्लोबल नेपाली फिल्म अवार्डले मलाई एक कदम अघि पुर्‍याएको अनुभूति गरेको छु', अभिनेता थापाले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.