रणवीरलाई दुलही खोजिदिँदै नितु
आफू अभिनीत चलचित्र बक्स अफिसमा लगातार असफल हुनुका साथै प्रेमसम्बन्धमा पनि सफल हुन नसकेपछि बलिउड नायक रणवीर कपुर तनाव छन् । हाल सिंगल रहेका रणवीरले अभिभावकले रोजेको केटीसँग विवाह गर्ने ग्रिन सिग्नल दिएपछि उनकी आमा नितु बुहारीको खोजीमा लन्डन पुगेको बताइएको छ । लन्डनमा रहेका आफन्तमार्फत कुरा चलाए पनि केटीको टुंगो भने लागेको छैन ।