स्थानीय तहको चुनावमा महिलाको सहभागीता बढ्नुलाई कसरी लिनुहुन्छ ?

स्थानीय तहको चुनावमा महिलाको सहभागीता बढ्नुलाई कसरी लिनुहुन्छ ?

यस निर्वाचनमा धेरैजसो पार्टीमा आबद्ध महिला निर्वाचित भएका छैनन् । तर कतिपय ठाउँमा गृहिणीमात्रै पनि निर्वाचित भएकोमा हामी धेरै खुसी छौं । अब उहाँहरूलाई कसरी सक्षम बनाउने भन्नेमा हामी लाग्नु जरुरी छ।
-सरस्वती बस्नेत, केन्द्रीय सदस्य, अखिल नेपाल महिला संघ

महिलालाई अगाडि नबढाई देशको विकास हुन सक्दैन । त्यसैले यो निर्वाचनमार्फत स्थानीय तहमा महिलाको संख्या वृद्धि हुनु भनेको सबै नेपाली महिलाको लागि गर्वको विषय हो । हामी पनि आधा धर्ती ओगट्ने यो देशका नागरिक हौं भन्ने महसुस भएको छ ।
-हरिप्रभा खड्गी, कांग्रेस नेत्री

यो एकदमै सकारात्मक र खुसीको कुरा हो । यस पटकको चुनाव महिलाका लागि उत्साहजनक लागेको छ । तर कतिपय नेताका आफन्त नातेदारहरू बढी आएका छन् कि जस्तो लाग्छ । प्रतिभावान्, गर्न सक्ने महिलालाई अवसर दिनुपर्छ । यो कुरा पार्टी, पार्टीका नेताले बुझ्न जरुरी छ । घर सम्हाल्ने महिलाले समाज पनि सम्हाल्न सक्छ । महिलाहरू बढी अनुशासित र व्यवस्थापनमा दक्खल राख्ने भएकाले राम्रो काम गर्न सक्छन् ।
-हेमा मानन्धर, अध्यक्ष, नेप्लिज फेसन होम

महिलाहरू जनप्रतिनिधिका रूपमा धेरै संख्यामा आउनु सकारात्मक कुरा हो । यसले समाजमा राम्रो प्रभाव छाड्न, सोच परिवर्तन गर्न सक्छ । नेपालमा आधाभन्दा बढी जनसंख्या रहेकाले यो आवश्यक पनि छ । पछिल्लो समय नेपाली समाज अलि उदार र जागरुक भएको देखिन्छ । तर मुख्य कुरा महिला भएकैले अवसर दिनुभन्दा पनि सक्ने र क्षमतावान्लाई अगाडि ल्याउन जरुरी छ ।
-धीरज राई, पपगायक

स्थानीय तहमा महिलाको संख्या बढ्नु भनेको अवसरको साथै चुनौती पनि थपिएको छ । अब महिलाले आफ्नो अध्ययन र क्षमतालाई प्रयोग गरेर दक्षता सावित गराउनुपर्छ । यो सबै नेपाली नारीका लागि खुसीको कुरा हो । महिला पनि सक्षम छन् गर्न सक्छन् भन्ने प्रमाणित गर्ने बेला हो ।
-लक्ष्मी पौडेल, उपप्रमुखः सुनकोसी गाउँपालिका, सिन्धुपाल्चोक

महिला पनि उत्तिकै सक्षम छन् । तर अवसर पाइरहेका छैनन् । चलचित्र क्षेत्रमा जस्तै राजनीतिमा पनि अब महिला सहभागिता बढाउनुपर्छ र यस पटकको स्थानीय तहको चुनाव यस अर्थमा महŒवपूर्ण पनि सावित भएको छ । समाज एवं परिवर्तन गर्न राजनीतिको ठूलो भूमिका हुन्छ तर अन्य क्षेत्रको तुलनामा त्यही क्षेत्रमा समान सहभागिता छैन । विस्तारै बढ्दो छ । यो खुसीको कुरा हो ।
-उत्तम केसी, अभिनेता

स्थानीय तहमा महिला सहभागिता बढ्नुलाई प्रजातान्त्रिक प्रक्रियाको आधार मानेको छु । राष्ट्रपतिदेखि स्थानीय तहसम्म महिला आउनु भनेको ठूलो फड्को हो । हिजोको दिनमा जुन समस्या पुरुषले बुझ्दैनथे त्यो महिलाले नेतृत्व गरेपछि बुझ्ने छन् । चुलो चौकाबाट बाहिर आउनु र जनताको विश्वास पाएर जित्नु महिलाको अवस्थामा आएको परिवर्तनको प्रमाण हो ।
-मन्दिरा दुलाल

यो समग्र नेपाली नारीका लागि गौरवको विषय हो । हुन त यस पटक संविधानले नै अनिवार्य व्यावस्था गरेकाले यो परिणाम आएको हो । अव जननिर्वाचित महिलाले हामी पनि गर्न सक्छौं भनेर प्रमाणित गर्नुपर्छ । स्थानीय तहमा मात्रै होइन राज्य सञ्चालनका हरेक अंगमा महिला सहभागीता बढाउनु पर्छ ।
-लक्ष्मी योङहाङ, मोडेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.