लडेर र च्यापएिर दुईको मृत्यु
पाल्पा : पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका-२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ । साठ्ठीघरेमा घाँस काट्न हिँडेकी रुचाललाई माथिबाट खसेको ढुङ्गाले च्याप्दा मृत्यु हुन पुगेको हो ।
घटनास्थलबाट उपचारका लागि ल्याउँदै गर्दा जल्पामा उनको मृत्यु भएको स्थानीय बासिन्दा डोरबहादुर विकले बताउनुभयो । यसैबीच मोरङको टाँडी-८ हाल मिकलाजुङ गाउँपालिका-३, धोबिनी बस्ने ६० वर्षीया चन्द्रमाया राईको लडेर मृत्यु भएको छ ।
बिहीबार साँझ सोही ठाउँको धोबिनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय, उर्लाबारीबाट प्रहरीको टोली गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस