एमालेले प्रदेश ५ का उपमहानगरका मेयर र उपमेयरको नाम टुंगो लगायो
काठमाडौं : नेकपा (एमाले)ले प्रदेश ५ का चार उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुंगो लगाएको छ।
शुक्रबार साँझ बसेको एमाले स्थायी कमिटीको बैठकले प्रदेश ५ का चार उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुंगो लगाएको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो।
भट्टराईका अनुसार नेपालगन्जको मेयरको उम्मेदवार समसुद्धिन सिद्धिकी र उपमेयर उम्मेदवार शान्ता ढकाल हुनुहुन्छ। तुल्सीपुरको मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्य हुनुहुन्छ भने घोराहीमा नरुलाल चौधरी र सीता न्यौपाने उम्मेदवार बन्नुहुने भएको छ।
त्यसैगरी बुटवलमा शिवराज सुवेदी र गोमा आचार्यको नाम मेयर र उपमेयर उम्मेदवारको रुपमा सार्वजनिक भएको छ।