प्रदर्शनीमा मिथिला लोककला

प्रदर्शनीमा मिथिला लोककला

काठमाडौं : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान लोककला विभागको आयोजनामा तीन दर्जनभन्दा बढी कलाकारका मिथिला लोककलाको प्रदर्शनी शुक्रबारदेखि मिथिला येँ आर्ट ग्यालरीमा सुरु भएको छ ।

लोककला विभागका प्रमुख एससी सुमनका अनुसार पाँचदिने ‘लोककला प्रदर्शनी तथा संगोष्ठी २०७४'मा धनुषाको जनकपुर र सिरहाको लहानमा विभागले २०७२÷०७३ सालमा गरेको कार्यशालामा तयार पारिएका कला प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनी उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले लोप हुन लागेको लोककलालाई बाहिर ल्याउन प्रतिष्ठानले काम गरिरहेको जानकारी दिइन् । नेपाली लोककलाको पहिचान र प्रवद्र्धन गर्ने हेतुले कार्यशाला गरिएको र त्यसमा रचना गरिएका कलाकृति प्रदर्शनीमा राखिएको प्राज्ञ रामपुजन ठाकुरले बताए।

मिथिला कला आमा, बज्यैबाट सिकेको बताउँदै प्राज्ञ सदस्य मिथिलादेवी यादवले भनिन्, ‘हामीले हाम्रो कल्चरबाटै कला बनाउन सिकेका हौं ।' प्रदर्शनीको दोस्रो कार्यक्रमअन्र्तगत जेठ १४ गते सोही ग्यालरीमा ‘लोककला पहिचान तथा अवस्था विषयक संगोष्ठी २०७४' पनि आयोजना हुँदैछ । गोष्ठीमा डा. रामदयाल राकेश, मदन चित्रकार, मुकेश मल्ल, केशवराज खनाल, एससी सुमन, श्यामसुन्दर यादव लगायतले लोककलाका बारेमा चर्चा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.