सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चललाई एकएक अंक 

सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चललाई एकएक अंक 

काठमाडौं: सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलले प्रथम प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा अंक बाँडेका छन् । वर्षाले खेल पूरा हुन नपाएपछि दुवै टोलीले एकएक अंक बाँडेका हुन् । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा पूर्वाञ्चलले जवाफी ब्याटिङ गरिरहँदा बारम्बार वर्षा भएपछि खेल स्थगित गरिएको थियो ।

टस जिती पहिले ब्याटिङ गरेको सुदूरले ४५.२ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ५३ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको पूर्वाञ्चलले निकै कमजोर सुरुआत गरेको थियो । पूर्वाञ्चलले चार ओभरमा मात्र २२ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । त्यसपछि सुरु भएको वर्षाले खेल सुरु हुन दिएन । मध्यम विजयी लक्ष्य प्रस्तुत गर्दै उत्कृष्ट बलिङ गरेको सुदूरपश्चिमाञ्चललाई वर्षाले ठूलो घाटा पुर्‍याएको छ ।

प्रतियोगितामा दोस्रो खेल खेलेको सुदूरले जितको बलियो आधार तय गरिसकेको अवस्थामा पूर्वाञ्चलसँग अंक बाँड्न बाध्य बनेको हो । प्रतियोगितामा तेस्रो खेल खेलेको पूर्वाञ्चललाई भने वर्षाले राहत पुर्‍याएको छ । यसअघि विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिससँग लगातार दुई खेल गुमाइसकेको पूर्वाञ्चलले तेस्रो महत्ववपूर्ण एक अंक बटुलेको छ ।

सुदूरपश्चिमाञ्चलका लागि विजय रानाले सर्वाधिक अर्धशतकीय ५५ रनको योगदान दिएका थिए । विजयले आफ्नो पालिमा दुई चौका प्रहार गरेका थिए । सन्तोष भट्टले २२ रन, अनिलकुमार थापाले ११ रन तथा सुरुआती ब्याट्सम्यान रोशन नेपालीले १० रन जोडेका थिए । कप्तान तथा अर्का सुरुआती ब्याट्सम्यान सुरेन्द्र चन्द तीन रनमा आउट हुँदा तेस्रो क्रमका ब्याट्सम्यान ज्ञानेन्द्र कुँवरले नौ रन, वसन्त कार्कीले आठ रन तथा सागर भण्डारीले ६ रन जोडेका थिए । विनोद लामा ६ रनमै अविजित रहे ।

विनोदले बलिङतर्फ पनि तीन विकेट लिँदा पूर्वाञ्चलको पालि धरापमा परेको थियो । वर्षाले खेल रोकिनुअघि पूर्वाञ्चलका कप्तान पुष्प थापा ६ रन तथा जुगल चौधरी एक रनमा अविजित रहे । अंकित सुवेदी आठ रन, रवि रोय दुई रन तथा मुकुन्द यादव र विधान गोस्वामी शून्य रनमै आउट भएका थिए । अंकित, रवि र मुकुन्दलाई विनोदले आउट गराएका थिए । गोस्वामीलाई सागर भण्डारीले आउट गराएका थिए । दुई ओभर बलिङ गरेका विनोदले मात्र १४ रन दिएर तीन विकेट लिएका थिए । यस्तै सागरले पनि दुई ओभरमा आठ रन दिएर एक विकेट लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.