गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना

गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना

काठमाडौं : गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना भएको छ । नाइन एन एके वाइ कल साइन नम्बरको विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार विमानमा रहेकी परिचारिकालाई काठमाडौं ल्याउने तयारी भएको भए पनि मौसमका कारण ल्याउन सकिएको छैन । ‘विमान लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो’ उहाँले भन्नुभयो ।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले पनि गोमा एयरको विमान लुक्लामा दुर्घटना भएको जानकारी पुष्टि गर्नु भएको छ ।

कार्गो विमानमा पाइलट पारसकुमार राई र को–पाइलट सिर्जन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन सवार हुनुहुन्थो। उपचारको क्रममा पाइलट राईको लुक्ला अस्पतालमा निधन भएको छ। कार्गो विमान भएका कारण यात्रुहरु भने थिएनन्।

पाइलट राई र को–पाइलट मानन्धरको अवस्था गम्भीर छ भने एयर होस्टेस प्रज्ञा घाइते हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.