साझा पार्टीको प्रवक्तामा डा. सूर्यराज आचार्य नियुक्त
काठमाडौं : साझा पार्टीको प्रवक्तामा डा. सूर्यराज आचार्य नियुक्त हुनु भएको छ । पार्टीका संयोजक रवीन्द्र मिश्रका अनुसार पार्टीप्रति सञ्चारमाध्यममा बढेको चासोलाई व्यवस्थित गर्न डा. आचार्यलाई प्रवक्ता तोकेको हो ।
‘निर्माणाधिन साझा पार्टीप्रति संचारमाध्यममा बढेको चासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न पार्टीले केन्द्रीय संयोजन समितिका सदस्य डा सुर्यराज आचार्यलाई प्रवक्ता तोकेको छ’, संयोजक मिश्रले भन्नुभयो ।
चितवन स्थायी घर भएका आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुनुहुन्छ । थाइलण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजी (एआइटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका डा आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गर्नु भएको छ।
नेपाली राजनीतिमा गहिरो चासो राख्ने डा आचार्य विकास र राजनीतिक विषयका लेखक तथा विश्लेषक हुनुहुन्छ ।