दुर्घटनाग्रस्त गोमा एयरका पाइलट राईको निधन

दुर्घटनाग्रस्त गोमा एयरका पाइलट राईको निधन

काठमाडौ : तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुर्घटनाग्रस्त गोमा एयरको कार्गो विमानका पाइलट पारसकुमार राईको निधन भएको छ ।

च्यापिएको अवस्थाबाट उद्धार गरिनु भएका राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । 


नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गो विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना थियो ।

कार्गो विमानमा पाइलट पारसकुमार रार्इ, कोपाइलट सिर्जन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन सवार हुनुहुन्थ्यो । कार्गो विमान भएका कारण यात्रुहरु भने थिएनन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.