एयर होस्टेस प्रज्ञा महर्जनलाई काठमाडौं ल्याउन सकिएन

एयर होस्टेस प्रज्ञा महर्जनलाई काठमाडौं ल्याउन सकिएन

काठमाडौ : लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त गोमा एयरमा सवार एयर होस्टेस प्रज्ञा महर्जनलाई मौसम प्रतिकुलताका कारण काठमाडौं ल्याउन सकिएको छैन्। केहीबेर अगाडि घाइते महर्जनलाई लिएर काठमाडौं उडान भरेको डाइनेस्ट एयरको नाइन एन एजेडी हेलिकोप्टर सोलुखुम्बुको चौरीखर्कमा अवतरण गरिएको छ।

तेन्जिङ हिलारी लुक्ला विमानस्थलमा भएको दुर्घटनामा महर्जन घाइते हुनु भएको छ। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको निधन भइसकेको छ भने कोपाइलट सिर्जन मानन्धरको अवस्था गम्भीर छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार को पाइलट मानन्धरको भने लुक्ला अस्पतालमा उपचार भइराखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.