‘तीनै तहको निर्वाचनपछि समृद्धि र न्यायको मार्ग फराकिलो’

 ‘तीनै तहको निर्वाचनपछि समृद्धि र न्यायको मार्ग फराकिलो’


काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय,प्रान्तीय र प्रतिनिधिसभाको निर्वाचनपछि समृद्धि र न्यायको मार्ग फराकिलो हुने बताउनु भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तोधारणा व्यक्त गर्नु भएको हो ।

‘नेपालको संबिधान कार्यान्यन गर्ने क्रममा जुटिरहेको स्थितिमा हालै सम्पन्न भएको स्थानीय तहको प्रथम चरणको निर्वाचनले मुलुकको शासन प्रणालीमा सहभागी भई आफ्नो भाग्य आफै निर्माण गर्नको लागि नेपाली जनतालाई सक्षम तुल्याएको छ । मानव अधिकारको प्रत्याभूतिको लागि यसले विशेष पूर्वाधार र वातावरण निर्माण गर्दछ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘संविधान बमोजिम सम्पन्न गर्नुपर्ने तीनै तहको निवार्चन भइसकेपछि हामीलाई विकास, समृद्दि र न्यायको मार्गलाई फराकिलो पार्दै अघि बढ्ने आधारभूमि प्राप्त हुनेछ ।’ आवाजविहिन र सीमान्तकृतहरु प्रति मुख्य ध्यान केन्द्रित गर्नु पर्ने पनि उहाँले बताउनुभयो । ‘वर्षौदेखि उत्पीडन, शोषण र चरम विभेद भोग्दै आइरहेका सीमान्तकृत, महिला, दलित, आदिबासी, मधेशी लगायतका वर्गलाई शक्ति, सत्ता र स्रोतको केन्द्रमा ल्याई मुलुकप्रतिको स्वामित्व र अपनत्व कायम गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउने अभियानमा हामी सबै लाग्नुपर्ने भएको छ’ उहाँले भन्नुभयो ‘मानव अधिकार सबैको लागि हो । तर, विशेष रुपले आवाजविहिन र सीमान्तीकृतहरुको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ । अब हाम्रो मुख्य ध्यान यसै दिशामा केन्द्रित हुनुपर्छ ।’

मानव अधिकार र संक्रमणकालिन न्यायको प्रतिवद्धता र द्धन्दकालीन घटनालाई शान्ति, मेलमिलापमार्फत् सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएको व्यक्तिहरुको छानविन आयोग गठन भई काम गरी आएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । ‘सरकार राष्ट्रिय मानव अधिकार आयोग र यी अन्य दुवै आयोगको सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध छ’ उहाँले भन्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरु सरकारले कार्यान्वयनमा प्राथमिकता दिएको र प्रत्येक वर्ष नेपाल सरकारले क्षतिपूर्ति, राहत र भरणपोषणमा बजेट बृद्धि गरेको, आरोपित व्यक्तिलाई विभागीय कारवाही गरिएको जानकारी समय समयमा सरकारले आयोगलाई प्रेषित गरिरहेको पनि जानकारी गराउनुभयो ।
‘लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेका छन् । मानव अधिकारबाहेक लोकतन्त्र सुनिश्चित नहुने र कानूनी शासनबाट मात्र लोकतन्त्र सुदृढ भई मानव अधिकार बलियो हुने हुनाले हामी सबैले सामूहिक रुपमा लोकतन्त्र, मानव अधिकार र कानूनको शासनको पक्षमा काम गर्न आव्हान गर्दछ’ उहाँले भन्नुभयो ‘भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट संविधानको कार्यान्वयनमा मद्धत पुगेको छ । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह चुनावको पर्यवेक्षण र अनुगमन गरी प्राप्त सुझावबाट नेपाल सरकारलाई मानव अधिकार संरक्षण गर्न थप मद्धत मिलेको छ । आयोगले गरेको निरन्तर अनुगमनको म प्रशंसा गर्न चाहन्छु ।’

मानव अधिकार ठूलाबडा र शिक्षितको मात्र नभएर दूरदराजमा बस्ने गरिब, असहाय, वृद्ध, अपाङ्ग, अशक्त, बालबालिका, सीमान्तकृत समुदायको पनि रहेको उहाँले बताउनुभयो । आयोगले नागरिक तथा राजनीतिक अधिकारसँगै सीमान्तकृत वर्गका मानव अधिकार सम्वर्धन र संरक्षणमा थप योगदान पु¥याउने बिश्वास पनि उहाँले व्यक्त गर्नु भयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.