सत्ता पक्ष,प्रतिपक्ष र आन्दोलनकारी संयुक्त बैठकमा

 सत्ता पक्ष,प्रतिपक्ष र आन्दोलनकारी संयुक्त बैठकमा

काठमाडौ:सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादी, प्रमुख प्रतिपक्ष दल एमाले आन्दोलनकारी दल राष्ट्रिय जनता पार्टी (राजपा) आगामी निर्वाचनमा सहभागी गराउने उपायको खोजी गरिरहेका छन ।
राजपालाई निर्वाचनमा सहभागी गराउने उपायको खोजी स्वरुप बैठक भइरहेको हो । काँग्रेस,एमाले,माओवादी केन्द्र र राजपाका नेताहरु अहिले बालुवाटारमा छलफल गरिरहनु भएको छ ।
‘हामी बालुवाटारमा छौ,उहाँहरुसँग छलफल भइसकेपछि थाहा होला, उहाँहरुले हामीलाई पनि निर्वाचनमा सहभागी गराउने कुनै प्रस्ताव ल्याउनुहुन्छ की ?’ राजपाको अध्यक्ष मण्डलका सदस्य अनिल झाले अन्नपूर्णसँग भन्नुभयो ।
राजपाका नेताहरुले शनिवार बिहान काँग्रेस नेताहरुसँग छलफल गर्नु भएको थियो । मधेशकेन्द्रित ६ वटा दलका नेताहरु महन्थ ठाकुर,राजेन्द्र महतो,महेन्द्र राय यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी र राजकिशोर यादव राजपाको अध्यक्ष मण्डलमा हुनुहुन्छ ।
निर्वाचन आयोगमा दर्ता नरहेको राजपालाई निर्वाचनमा सहभागी गराउन उपाय स्वरुप यसअघि पनि पटक पटक छलफल हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.