डा. गोविन्द केसी अनसन स्थलमा
घोराहीः स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै असन बस्दै आउनु भएका डा. गोविन्द केसी ११ औं असनका लागि दाङको अनसन स्थलमा पुग्नु भएको छ। शनिबारदेखि दाङमा गर्र्ने भनिएको अनसनलाई रोक्नु भएका डा केसीले स्वास्थ्यमन्त्री गगन थापाको शनिबारको प्रतिबद्धताको लागि आधिकारिक पत्र कुर्दै अनसन स्थलमा पुग्नु भएको हो।
डा केसीको मागलाई सम्बोधन गर्न अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठकमा दाङमा मेडिकल कलेज स्थापनाको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्ने र एक अधिकार सम्पन्न समिति समेत गठन गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ।
अनसन स्थल पुगेका केसीले पत्रकार संग कुरा गर्दै मेडिकल कलेज दाङमै स्थापना गर्ने माग बाटपछि नहटने बताउनु भएको छ।