गोमा एयरको जहाज दुर्घटनाको छानविन गर्न जाँच आयोग गठन

गोमा एयरको जहाज दुर्घटनाको छानविन गर्न जाँच आयोग गठन

काठमाडौ : लुक्लामा दुर्घटना भएको गोमा एयरको कार्गो जहाजको विस्तृत छानवीन गरी ९० दिन भित्र प्रतिवेदन पेश गर्न सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ । भबिश्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता लगायतका बिषयमा सुरक्षा सिफारिस गर्न संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्री जितेन्द्र देवले आइतवार पाँच सदस्यीय जाँच आयोग गर्नु भएको हो ।

नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा गठित आयोगमा नेपाली सेनाका महासेनानी क्याप्टेन आशिष नरसिंह राणा,तारा एयर प्रालिका क्याप्टेन बोधराज निरौला,मनाङ एयर प्रालिका बरिष्ठ इन्जिनियर दिगम्बर राजभण्डारी र नागरिक उडडयन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहनु भएको छ । आचार्यलाई आयोगको सदस्य सचिव तोकिएको छ । आइकाओको मापदण्ड र गैरसैनिक हवाइ उडान दुर्घटना जाँच नियमावली अनुसार राय सुझावसहित पेश गर्न आयोगलाई जिम्मेवारी दिइएको छ ।

उडान नम्बर ४०९ र रजिष्ट्रेसन नम्बर नाइनएनएकेवाइ लेट ४१० को विमान लुक्ला बिमानस्थल अवतरण गर्ने क्रममा दुर्घटना भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालक पारसकुमार राईको दुर्घटनास्थलबाट लुक्लास्थित अस्पताल लैजाने क्रममा र सह चालक श्रीजन मानन्धरको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो । परिचारिका प्रज्ञा महर्जनको काठमाडौमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.