प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता

काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव औपचारिक रुपमा फिर्ता भएको छ ।

काँग्रेस र माओवादी केन्द्रका दुई सय ४९ जना सांसदको हस्ताक्षरसहित वैशाख १७ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

काँग्रेस सांसद मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक रहेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव उहाँहरुले नै सभामुख ओनसरी घर्तीलाई फिर्ता लिन लगाउनु भएको हो ।

विश्वकर्मा र बस्नेतले सभामुखलाई लेखेको पत्रमा भनिएको छ, ‘संविधान कार्यान्वयनको संवेदनशिल घडीमा संविधान बमोजिम स्थापित राज्यका अंगहरुले संविधानको उद्देश्य अनुरुप काम गर्नु पर्ने बृहत्तर आवश्यकतालाई ध्यानमा राख्दै संम्बैधानिक अंगहरुको वीचमा सौहार्दता,सकारात्मक सहयोग र समझदारीको अपेक्षा गर्दै सम्माननीय प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोगको प्रस्ताव फिर्ता गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.