वीपीलाई रत्न विभुषण र निधिलाई राष्ट्रिय गौरव सम्मान

वीपीलाई रत्न विभुषण र निधिलाई राष्ट्रिय गौरव सम्मान

काठमाडौ : सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा काँग्रेसका संस्थापक नेता स्वर्गीय वीपी कोइरालालाई मरणोप्रान्त नेपाल रत्न विभुषणले सम्मान गर्ने निर्णय गरेको छ ।
यसअघि सरकारले नेकपा एमालेका स्वर्गीय नेता तथा पूर्व महासचिव मदन भण्डारीलाई मरणोप्रान्त नेपाल रत्न विभुषणले सम्मान गरेको थियो ।
यसैगरी स्वर्गीय महेन्द्र नारायण निधिलाई राष्ट्रिय गौरव मरणोपरान्त पदकले सम्मान गर्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।
गणतन्त्र दिवसमा सात सय ५९ जना बन्दी रिहा गर्ने निर्णय
सरकारले गणतन्त्र दिवसको अवसरमा सात सय ५९ जना कैदी बन्दी रिहा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतवार सिंहदरबारमा बसेको बैठकले गणतन्त्र दिवसको अवसरमा केही कैदी बन्दीको बाँकी कैद अवधि मिनाहा गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.