भरतपुर महानगरपालिकाको मतगणना स्थगित, मतपत्र च्यातिएपछि तनावग्रस्त
चितवन : चितवनको भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ । मत गणना अन्तिम चरणमा आइसकेको बेला सोमबार बिहान १ बजेर २० मिनेटमा मतगणना स्थगित भएको हो ।
मतगणना स्थलमा मतपत्र च्यात्ने र मतपत्र कब्जामा लिने हर्कत देखिएपछि मत गणना स्थगित गर्नुपरेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ । मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतले विज्ञप्ति निकालेर अर्को सूचना जारी नभएसम्म मतगणना स्थगित भएको हो ।
अहिले चितवनमा तनावग्रस्त छ । एमाले र माओवादीले एकले अर्कोलाई मततपत्र च्यातेको आरोप लगाएका छन् ।