आइएसको आक्रमणमा १९ फिलिपिनो मारिए

आइएसको आक्रमणमा १९ फिलिपिनो मारिए

मरावी (फिलिपिन्स) : फिलिपपिन्सको दक्षिणी सहरमा इस्लामिक स्टेट (आइएस)का लडाकुले सडक अवरुद्ध गरी सुरक्षाकर्मीसँग सुरु गरेको सशस्त्र भिडन्तका कारण १९ सर्वसाधारणको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ । त्यस सहरमा करिब एक सातादेखि आइएसका लडाकु र सुरक्षाबलबीच जारी भिडन्तमा ८५ जनाको ज्यान गइसकेको छ । गत मंगलबार राष्ट्रपति रोड्रिगो डुतेर्तेले मिन्दानाओ क्षेत्र र मरावी नगरमा संकटकाल घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेका थिए । यद्यपि आइएस विद्रोहीले द्वन्द्व जारी राखेका छन् ।

अधिकारीका अनुसार प्रायः मुसलमान बहुल करिब २ लाख जनसंख्या रहेको मरावी सहरमा आइएसले १९ सर्वसाधारणको हत्या गरेका छन् । हत्या भएका ती व्यक्तिमा तीन महिला र एक बालकको रहेका र उनीहरूको शव एक विश्वविद्यालय नजिकै रहेको बताइएको छ । मरावी सहरको बाहिरी इलाकामा रहेको एक सडकमा आइतबार आठवटा शव छरिएर रहेका थिए । ती शव चामल कारखाना र मेडिकल कलेजमा कार्यरत व्यक्ति भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । गत सातादेखि जारी यस भिन्डतमा १३ सैनिक, २ प्रहरी, ५१ जना आतंककारी र १९ जना सर्वसाधारणको मृत्यु भएको छ । दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले गत सातादेखि सरकारविरुद्ध भीषण युद्ध सुरु गरेका थिए ।

राष्ट्रपति डुतेर्ते, केही मन्त्रीगण तथा उच्च पदस्थ अधिकारी रूस भ्रमणमा भएको मौका पारी अतिवादी इस्लामी सशस्त्र समूहले आक्रमण गरी मरावी नगरमा कब्जा जमाएको थियो । उनीहरूले त्यहाँको नगर सभागृह, एक अस्पताल र स्थानीय कारागार कब्जामा लिएका थिए । आतंककारी आक्रमण र सुरक्षाकर्मी एवम् व्यापक क्षति भएको खबर पाउनासाथ राष्ट्रपति भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए । उनले स्वदेश फर्किरहेको विमानबाटै संकटकाल घोषणा गर्दै सैनिक कानुन लागू गरेका थिए । राष्ट्रपति डुतेर्तेले हाल ६० दिनसम्म दक्षिणी मिन्दानाओको सबै क्षेत्रभरि सैनिक कानुन लागू गरिएको र आवश्यक परे एक वर्षसम्म पनि सैनिक कानुन लागू गर्न सकिने स्पष्ट पारेका छन् । रासस\एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.