९० प्रतिशत भू-भागमा मोबाइल सेवा पहुँच

९० प्रतिशत भू-भागमा मोबाइल सेवा पहुँच

काठमाडौं : नेपालको ९० प्रतिशत भू-भागमा मोबाइल सेवाको पहुँच विस्तार भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मोबाइल सेवाको पहुँच देशको ९० प्रतिशत भू-भागमा पुगेको उल्लेख छ । यस क्रममा देशको ७५ वटै जिल्लामा मोबाइल सेवाको पहुँच विस्तार भएको छ । पछिल्लो समय प्रयोगमा आएको विभिन्न नयाँ र आधुनिक प्रविधिको प्रयोगले यस आर्थिक वर्षमा दूरसञ्चार सेवाप्रदायक तथा सेवा प्रेयागकर्ताको संख्यामा समेत उल्लेखनीय वृद्धि भएको छ । टेलिफोन प्रयोगकर्ताको धनत्वमा पनि वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७२/७३ मा ३ करोड १४ लाख ६१ हजार तीन सय ७८ मोबाइल प्रयोगकर्ता रहेकामा समीक्षा अवधिसम्म यसको संख्या वृद्धि भई तीन करोड ४५ लाख ३४ हजार दुई सय ८० पुगेको छ । गत आर्थिक वर्षमा टेलिफोन प्रयोगकर्ताको धनत्व ११८.७५ प्रतिशत रहेकोमा यस वर्ष १३०.३५ प्रतिशत पुगेको छ । यसमा आधारभूत टेलिफोन प्रयोगकर्ताको संख्या आठ लाख ६० हजार पाँच सय ८३ र मोबाइल फोन प्रयोकर्ताको संख्या तीन करोड २८ लाख २६ हजार तीन सय ८९ छ ।

टेलिफोनका साथै इन्टरनेटको प्रयोगमा पनि ठूलो मात्रामा वृद्धि भएको छ । आव ०७२/७३ मा एक करोड ३७ लाख ८४ हजार ६ सय १८ इन्टरनेट प्रयोकर्ता रहेकोमा आव ०७३/७४ प्रयोगकर्ताको संख्यामा वृद्धि भई एक करोड ५३ लाख ८८ हजार सात सय ६० पुगी घनत्व ५८.०८ प्रतिशत पुगेको उल्लेख छ । सर्वेक्षणअनुसार नेपालको ७२ वटा जिल्लामा अहिलेसम्म ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगिसकेको छ ।

सूचना तथा सञ्चार

सूचना तथा सञ्चार क्षेत्रमा यस आर्थिक वर्ष फलदायी देखिन्छ । पहिलो पटक आफ्नै भू-उपग्रह स्थापनाका लागि काम अघि बढेको छ । यसका साथै यस वर्ष ग्रामीण क्षेत्रसम्म सूचना तथा सञ्चार क्षेत्रको विकास र विस्तारका लागि विभिन्न कार्यक्रम कार्यान्वयनमा आएका छन् । विभिन्न सरकारी सेवालाई डिजिटलाइजेसन गर्ने कार्य भएको छ । एनालग प्रणालीमा आधारित केबुललाई ०७५ वैशाख १५ गतेबाट डिजिटल प्रविधिमा रूपान्तरण गर्नेगरी काम भएको छ ।

त्यस्तै, भूकम्प अति प्रभावित चार जिल्ला रसुवा, नुवाकोट, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकका शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा गाउँपालिकासम्म ब्रोडब्यान्ड पुर्‍याउन नेपाल टेलिकममार्फत कार्य अगाडि बढेको छ । भूकम्प अति प्रभावित सात जिल्लाका शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा गाउँपालिकसम्म ब्रोडब्यान्ड पुर्‍याउनका लागि टेन्डर भएका बाँकी ६१ जिल्लाका शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा गाउँपालिकसम्म ब्रोडब्यान्ड पुर्‍याउन विभिन्न प्याकेजमा काम भइरहेको छ ।

विज्ञान तथा सूचना प्रविधि

विज्ञान तथा सूचना प्रविधिको प्रयोगलाई गाउँसम्म पुर्‍याई सामाजिक विकासमा उपयोग गर्न यस वर्ष केही काम भएको छ । सूचना प्रविधि क्षेत्रको आवश्यक जनशक्ति विकास गर्ने उद्देश्यले विज्ञान तथा प्रविधि क्षेत्रमा देशभित्रै आनुवांशिक (डीएनए) परीक्षणको व्यवस्था भएको छ भने अनुसन्धान केन्द्रको सुदृढीकरण, वृक्षचक्र अध्ययनको काम भइरहेको छ । यो वर्ष परमाणविक पदार्थको नियमन गर्ने प्रभावकारी व्यवस्था नभएकाले यसको उत्पादन, उपयोग, भण्डारण र ओसारपसारलाई नियमन गर्ने कानुनको मस्यौदा भएको छ ।

यस क्रममा पाँच सय ९६ वेभ तथा एप्लिकेसन होस्टिङ भएको छ । सिंहदरबारभित्र ५५ निकायमा इन्टरेनट सेवा पुगेको छ । तर, व्यवस्थापनमा कठिनाइ, अख्तियारी नपुग्नु, सडक निर्माणमा सार्वजनिक खरिद ऐनको कार्यान्वयन, रूख कटान स्वीकृतिमा ढिलाइलगायत चुनौती भने छन् । यसका साथै निर्माण सामग्री आपूर्तिमा अवरोध र गुणस्तरहीन कार्यसम्पादन यस क्षेत्रका समस्याका रूपमा रहेको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.