लयमा फर्कंदै पर्यटन क्षेत्र

लयमा फर्कंदै पर्यटन क्षेत्र

काठमाडौं : नेपाल विश्व पर्यटनको प्रमुख गन्तव्य हो । सन् १९५० को दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रमिक सुधार आएको हो । पछिल्लो सयम वाइल्डलाइफ टुरिजम, कल्चरल टुरिजम, र्‍याफ्टिङ टुरिजमले, माउन्टेनेरिङ टुरिजम र ट्र्रेकिङ टुरिजमले नेपाललाई विश्व बजारमा चिनाएको छ ।खुला नाका र भारत र नेपाल बिचको सुमधुर सम्बन्धका कारण नेपाल भ्रमणमा आउने बढी पर्यटक भरतीय छन् ।

भारतपछि नेपाल भ्रमणमा आउने बढी पर्यटक चिनियाँ छन् । सन् २०१६ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा भारतको हिस्सा १५.७, चीनको १३.८ श्रीलंकाको ७.६, अमेरिकाको सात र बेलायत ६.१ प्रतिशत हिस्सा छ । सन् २०१६ मा नेपाल आएका कुल पर्यटकको संख्यामा स्थल मार्गबाट मात्रै आउनेको संख्या २५ प्रतिशत छ । स्थलमार्गमा पनि सबैभन्दा बढी पर्यटक भैरहवाको बेलहिया नाका हुँदै आउँछन् ।

सन् २०१३ देखि २०१५ सम्म देशको राजनीतिक अस्थिरता, विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण पर्यटक आगमन पाँच लाखमा झरेको थियो । सन् २०१५ मा कुल ४० प्रतिशतले गिरावट आएको पर्यटक आगमनमा सन् २०१६ मा ३२ प्रतिशतले वृद्धि भई पर्यटक संख्या सात लाख ५३ हजार पुगेको थियो।

पर्यटक आगमन बढे पनि होटेल तथा रेष्टुराँ क्षेत्रले कुल गार्हस्थ उत्पादन पुर्‍याउने योगदान भने घट्ने अनुमान गरिएको छ । गत वर्ष यस क्षेत्रबाट कुल ग्रार्हस्थ उत्पादन क्षेत्रमा २ प्रतिशत योगदान रहेको थियो । तर,चालू आर्थिक वर्ष १.९८ प्रतिशत मात्रै योगदान रहेको सरकारको अनुमान छ ।

राष्ट्रिय पर्यटन रणनीति योजना अनुसार सरकारले सन् २०२५ सम्म सवाँ २५ लाख पर्यटकलाई नेपाल भ्रमण गराउँदै करिब ९ लाख नेपालीलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।पर्यटन आगमनमा वृद्धि आएसँगै पर्यटकको नेपाल बसाई अवधि पनि बढ्दो छ ।सन् २००६ मा सरद एक जना पर्यटकको नेपाल बसाई १०.२० दिन रहेकोमा सन् २०१६ मा आइपुग्दा यो सयम १३.४ दिनमा पुगेको छ । सन् २०१५ मा पर्यटकको सरदर नेपाल बसार्र दिन १२.८ दिन रहेको थियो ।

बढी पर्यटक आउने पाँच देश

यसैगरी नेपाल आउने कुल पर्यटक मध्ये ६५ प्रतिशत विदा मनाउन, मनोरन्जन गर्न र यात्राका लागि आउने गरेको छन् । यसैगरी ११ प्रतिशत मात्रै पर्यटक तिर्थयात्रा, ८.८३ प्रतिशत पर्वतारोहण/पत्रयात्राका लागि आउने गरेको छन् भने कबिर १४ प्रतिशत पर्यटक व्यापार, कार्यालयको काम, सभा सम्मेलन र अन्य विधि उद्देश्यका लागि आउने गरेको छन् ।

पर्वतारोहण गर्न आउने पर्यटकको संख्यामा पनि सन् २०१६ मा गिरावट आएको छ । सन २०१५ मा पर्वतारोहणको संख्या चार हजार तीन सय थियो भने सन् २०१६ मा यो घटेर ती हजार चार सय ६ मा झरेको छ । पर्वतारोहणको संख्याका कमी आएसँगै राज्यले पाउने रोयल्टी रकममा सन् २०१५ को तुलनामा १५ प्रतिशतले गिरावट आउँदै करिब पौन २९ करोड मात्र रहेको छ ।

होटलको संख्या बढ्दो

पर्यटन आगमन बढेसँगै नेपालमा पछिलले सयमा तारे होटल तथा पर्यटकी होटलमा लगानी बढ्दो छ । सन् २०२० भित्रै नेपालमा ४ हजार भन्दा बढी स्टार होटलका रुमहरु थपिर्दै छन् । आर्थिक वर्ष २०७२/७३ सम्म नेपालका कुल ११६ वटा स्टार होटल थियो । यो संख्या चालू आर्थिक वर्षको पहिलो आठमहिनासम्ममा१२० पुगेको छ । यसैगरी पर्यटकीय स्टरका होटल , लज तथा रिर्सोटको संख्या गत वर्ष सम्म नौस ६० थियो भने चालू आर्थिक वर्षको आठ महिनासम्म आइपुग्दा बढेर नौ सय ८५ पुगेको छ ।

तारेका होटलको शैया संख्या पनि चालू आर्थिक वर्षको आठ महिनासम्म चार प्रतिशतले बढेर १० हजार ७१ पुगेको छ । यो संख्या गत आर्थिक वर्ष नौ हजार सात सय १० थियो । यसैगरी पर्यटकीय स्तरका होटल। लज तथा रिर्सोटको शैया संख्या चालू आर्थिक वर्षको आठमहिनासम्म २८ हजार एक सय ७१ पुगेको छ । क्यासिनो संख्यामा पनि पनि पाँच पुगेको छ भने मिनी क्यासिनो तीन र एक वटा अनलाइन ग्यामिङ पनि सञ्चालमा आएको छ ।

यसैगरी चालू आवको आठ महिनासम्म ट्राभल एजेन्सीको दर्तामा २४ प्रतिशतले वृद्धि हुँदै तीन हजार चार सय ४४, ट्र्रेकिङ ऐजेन्सी संख्यामा तीन सय ५१ वटा थप हुँदै दुई हजार तीन सय ६७ र र्‍याफिटिङ एजेन्सीको संख्या ७२ वटा पुगेको छ । साथै पर्यटकीय यातायात व्यवसायीको संख्या पनि चालू आवको आठ महिनासम्म आइपुग्दा ७२ पुगेको छ ।

टुर र ट्रेकिङ गाइड संख्या बढ्दो

विदेशी पर्यटक आगमन सँगै पर्यटकलाई गाइड गर्नेको संख्यामा पनि वृद्धि आएको छ । गत आव २०७२/७३ सम्म तीन हजार पाँच सय सात टुर गाइड अनुमति पत्र जारी भएको थियो । यो संख्यामा चालू आवको आठ महिनासम्म ६ प्रतिशतले वृद्धि हुँदै तीन हजार सात सय १७ पुगेको छ । यसैगरी गत आव २०७२/७३ सम्म ११ हजार तीन सय ५८ वटा ट्र्रेकिङ गाइड अनुमति पत्र जारी भएको थियो भने चालू आवको आठ महिनासम्मको यो संख्या १५ प्रतिशतले वृद्धि हुँदै १३ हजार ४९ पुगेको छ । साथै गत आव २०७२/०७३ सम्म एक सय ८७ रिभर गाइड अनुमति पत्र जारी भएको थियो भने चालू आवको आठ महिनासम्म यो संख्या बढेर दुई सय आठ पुगेको छ ।

सरकारलाई लयमा फर्कदै गरेको पर्यटन क्षेत्र विकासमा मुख्य त विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएका पर्यटकीय गन्तव्य र पुरातात्विक सम्पदाको पुनर्निमाण गर्दै पर्यटन व्यवसायलाई पुर्वावस्थामा फर्काउन, पर्यटन सेवाको विकास, विस्तार र गुणस्तरीय सेवा वृद्धिमा चुनौती रहेको ठहर छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.