सामाजिक कार्यमा होन्डाको आई डियोड इट
काठमाडौं : होन्डा नेपालले 'आई डियोड इट काठमाडौं २०१७' नामक सामाजिक अभियान सुरु गरेको छ । कम्पनीले विभिन्न गैरसरकारी संस्थासँग सहकार्यमा यो अभियान सुरु गरेको हो । काठमाडौंका १२ विभिन्न कलेजको सहभागिता रहेको यस अभियानअन्तर्गत सहभागी विद्यार्थीले 'स्पिन एन्ड वाक' खेल खेल्नेछन् ।
सहभागीले १० हजार रुपैयाँ नगद जित्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै होन्डाले हरेक सहभागी कलेजको तर्फबाट प्रतिष्ठित गैरसरकारी संस्थालाई एक लाख हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ । यस प्रतियोगिताको प्रमुख उद्देश्य रमाइलोपूर्ण तरिकाले जनमानसलाई गैरसरकारी संस्थाले मानिसको जीवनस्तर उकास्नु रहेको छ ।