मिथिलाको लोककला काठमाडौंमा

मिथिलाको लोककला काठमाडौंमा

काठमाडौं : रङ खेलाउनु उनीहरूका लागि दैनिक खाना बनाउनुजस्तै हो । मिथिलाकला मैथिली महिलाका लागि घरायसी काम हो । अब भने घरायसी कामलाई उनीहरू व्यावसायिक बनाउँदैछन् । मैथिली महिलाको घरको काम ग्यालरीमा प्रदर्शन हुन थालेको छ । बजारसम्म पुग्न थालेको छ ।

यतिबेला ठमेलस्थित मिथिला ऐँ आर्ट ग्यालरीमा मिथिला चित्रहरू प्रदर्शन भइरहेका छन् । ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागले धनुषाको जनकपुर र सिरहाको लहानमा आयोजना गरेको कार्यशालामा तयार पारिएका चित्रहरू प्रदर्शनमा राखिएका हुन् । राजधानीमा बेलाबेलामा मिथिला चित्रको प्रदर्शनी भइरहन्छ।

हाल प्रदर्शन भइरहेका चित्रमा लोककलाको स्वाद पाइन्छ । भित्तामा मात्र चित्र कोरिरहेका केही महिलाले पहिलोपटक क्यानभासमा चित्र बनाएका छन् । तिनमा प्रारम्भिक समयको मिथिला चित्र देखिन्छ । मिथिला कला आमा बज्यैबाट सिकेको बताउँदै प्राज्ञ सदस्य मिथिलादेवी यादवले भन्नुभयो, ‘हामीले हाम्रो कल्चरबाट नै कला बनाउन सिकेका हौं ।'

प्रदर्शनीले मैथिली महिला कलाकारलाई स्वावलम्बी बनाउन मद्दत गरेको सहभागी कलाकार सुनैना ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिथिला कलाको प्राचीनतालाई कलाकारले हजारौं वर्षदेखि बचाइराखेका छन् । सांस्कृतिक महत्ववलाई राज्यले प्रभावकारी रूपमा सम्बोधन गर्दै आर्थिक विकासमा लगाउनुपर्दछ ।' यही अवसरमा लोककला विभागले आइतबार ग्यालरीमा ‘लोककला पहिचान तथा अवस्था विषयक संगोष्ठी' आयोजना गर्‍यो । संगोष्ठीमा डा. रामदयाल राकेश, मदन चित्रकार, मुकेश मल्ल, केशवराज खनाल, एससी सुमन, श्यामसुन्दर यादवलगायतले लोककलाका बारेमा चर्चा गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.