रेलमा सम्भावनाको खोजी

रेलमा सम्भावनाको खोजी

 काठमाडौं : भारतीय सीमानासँग जोडिने रेलमार्गमा ७० प्रतिशत प्रगति भएको छ । भारत सरकारको सहयोगमा प्रथम चरणमा निर्माण भइरहेको बथनाहा-कटहरी १८ किमि र जयनगर-जनकपुर-विजलपुरा-बर्दिवास खण्डको ६९ किमिको रेलमार्ग निर्माणमा ७० प्रतिशत काम सम्पन्न भएको आइतबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यो सर्वेक्षण अनुसार नौ सय ४५ किलोमिटरको पूर्व-पश्चिम रेलमार्गमध्ये ३७२ किलोमिटर रेल्वे लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)पनि बनिसकेको छ । डीपीआर सकिएर निर्माण चरणमा जान तयार रहेको रेलमार्गमध्ये १०८ किमीको सिमरा-बर्दिवास, १२७ किमिको सिमरा-तम्सरिया, ६५ किमिको तम्सरिया-बुटवल, २८ किमिको सिमरा-वीरगन्ज र ४४ किमिको बुटवल-भैरहवा-लुम्बिनी खण्ड पनि भएको उल्लेख छ ।

सिमरादेखि बर्दिवास खण्डको १०८ किमिमध्ये बर्दिवासदेखि लालबन्दीसम्मको ३० किमि खण्डमा रेलमार्ग बनाउन रेल विभागले ठेक्का लगाइसकेको छ । यसमध्ये पनि नौ किमि खण्डमा भने रेल्वे ट्र्याक वेड, कल्भर्ट तथा पुलको निर्माण नै सम्पन्न भएको रेल विभागको प्रतिवेदनलाई आर्थिक सर्वेक्षणमार्फत प्रस्तुत गरिएको छ ।

सर्वेक्षण अनुसार बर्दिवासदेखि काकडभिट्टा खण्ड र ईटहरी- बिराटनगर खण्डको २६२ किमी रेलमार्गको डीपीआर तयार हुने क्रममा रहेको छ । बुटवलदेखि गड्डाचौकीसम्मको ४२१ किमी खण्डको पनि डीपीआर बनाउन परामर्शदाता छनोटको तयारी चरणमा रहेको छ । यस्तै निजगढबाट हेटौडा- भरतपुर हुँदै नवलपरासी जोड्ने १३५ किमी खण्डको पनि सम्भाव्य अध्ययन भएको उल्लेख । रसुवागढीबाट काठमाडौंहुँदै पोखरा-लुम्बिनी जोड्ने रेलमार्गको पनि दुई वर्ष भित्रै डीपीआर तयार हुने भएको छ ।

जम्मा १३२ किमि सडक कालोपत्रे

चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात साउनदेखि फागुनसम्ममा जम्मा १३२ किमि सडक कालोपत्रे भएको छ । यो अवधिमा ३१२ किमि नयाँ सडक बनेको भएपनि त्यसको तुलनमा कालोपत्रेको दुरी भने आधा भन्दा पनि निकै कम हो । यस अविधिमा मर्मत भएका सडकको दुरी जम्मा ८५ किमि रहेको छ । ग्राभेल भएका सडकको दुरी ४०५ किमि छ । विभिन्न सडकमा ८५ वटा पुल बनाएको छ ।

सडक विभागबाट मर्मत भएका देशभित्रका सडकमा जम्मा ४२ प्रतिशतको प्रगति देखिएको छ । सडक विभागले देशैभर चालू आर्थिक वर्षको आठ महिनासम्ममा १२ हजार ३०५ किमि सडक कालोपत्रे गरेको छ ।

डोल्पा र हुम्ला अझै सडक पहुँचबाट बञ्चित

देशका ७३ जिल्ला सदरमुकाम सडक सञ्जालले जोडिसकेको भएपनि कर्णालीका दुई जिल्ला डोल्पा र हुम्ला अझै सडक सञ्जालमा जोडिएको छैन् । सडक पहुँच पुगको जिल्लाध्ये पनि अझै ६ वटाको जिल्ला सदरमुकामसम्म जोड्ने सडक कच्चि नै रहेको छ । सडक पहुँच पुगेका जिल्लामध्ये ६७ जिल्लाको जिल्ला सदरमुकामसम्मको सडक मात्रै कालोपत्रे भएको छ । यी जिल्लाका सडकमा १९ सय ५२ वटा गाडी दौडाउन सकिने पुल निर्माण भएको पनि सडक विभागको तथ्यांकलाई सर्वेक्षणमार्फत सार्वजनिक भएको छ ।

यो सडक पहुँचमध्ये सडक विभागले निर्माण गरेका हालसम्मको सडकको दुरी २९ हजार १५७ किलोमिटर पुगेको छ । राष्ट्रिय महत्वका रणनीतिक सडक सञ्जाल अन्र्तगत पर्ने यी सडकमध्ये १२ हजार ३०५ किमि सडक हालसम्म कालोपत्रे भएका छन् । ग्राभेल भएका सडकका दुरी ६ हजार ८६५ किमी र कच्चि सडकको दुरी ९ हजार ९८७ किमी रहेको पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपलव्ध गराएको तथ्यांक सर्वेक्षणमा राखिएको छ । स्थानीय निकायबाट निर्माण भएका ग्राणिम सडकको अवस्थामा भने हालसम्म ५७ हजार ६३२ किमी रहेको उल्लेख छ । यो सडकमध्ये जम्मा २ हजार किमि सडक मात्रै कालोपत्रे भएको छ भने १२ हजार ८२३ किमी ग्राभेल र ३८ हजार ९४० किमी सडक कच्चि रहको पनि तथ्यांकले देखाएको छ ।

सडक पहुँचमा ३ नम्बर प्रदेश अगाडि

प्रदेश अनुसार सडक निर्माणको सडक पहुच विस्तारको गति हेर्ने हो भने प्रदेश नम्बर ३ अगाडि रहेको छ । यो प्रदशेमा जम्मा १४ हजार ८४२ किमि सडक बनेको छ । त्यसपछि प्रदेश एकमा ११ हजार ८ सय किमि सडक निर्माण भएको छ । यो प्रदेशमा कुल १० हजार ९१९ सडक किमि सडक निर्माण भएको छ । पाँच नम्बरमा आठ हजार ५५१ किमी, ६ नम्बरमा २५ सय २७ र सात नम्बर प्रदेशमा ३६ सय २६ किमीसडक रहेको पनि आर्थिक सर्वेक्षणमार्फत सार्वजनिक भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.