जेठ ३१ का लागि तोकिएको दोस्रो चरणको निर्वाचन असार ९ गते हुने

जेठ ३१ का लागि तोकिएको दोस्रो चरणको निर्वाचन असार ९ गते हुने

काठमाडौंं: आगामी जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचन नौ दिनपछि असार ९ गते शुक्रबार हुने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पहिलो चरणको निर्वाचनमा असहमति राख्दै आएकोे राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउने उद्देश्यका साथ असार ९ गतेको मिति तय गरेको हो । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलसमेतको सहभागितामा राजपाका नेताहरु सहभागि भएको आइतबार राती बसेको चार दलको बैठकमा भएको अनौपचारिक सहमति अनुसार मन्त्रीपरिषद्ले पूर्व निर्धारित मितिभन्दा नौ दिन पछि दोस्रो चरणको स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयमा बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सार्नुको कारण राजपालाई चुनवामा आउन सहज वातावरण सृजना गर्नु नै रहेको सरकारका प्रवक्ता एवं सूचन तथा संचार मन्त्री सुरेन्द्र कार्कीले बताउनुभयो ।

यसका साथै मुस्लिम समुदायको पवित्र रमजान चाडलाई ध्यानमा राख्दै असार ९ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरिएको जानकारी उहांँले दिनुभयो । कार्कीले भन्नुभयो,‘ मन्त्रिपरिषद्ले पारित गरेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सार्नेे प्रस्तावलाई छलफलका लागि व्यवस्थापिका संसदमा लगिदैछ । त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७४÷७५ को आयव्यय विवरण (बजेट)लाई पनि पारित गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.