भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्र छानवीन गर्न निर्वाचन आयोगले बनायो समिति
काठमाडौ : निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्र छानवीन गर्न समिति गठन गरेको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणनामा विवाद भएपछि मतपत्र च्यातिएपछि बिहान १ बजेर २० मिनेट जाँदा मतगणना स्थगित भएको थियो ।
निर्वाचन आयोगको बैठकले गरेको निर्णय अनुसार सहन्यायधिवक्ता गीता प्रसाद तिमिल्सिनाको संयोजकत्वमा गठित समितिमा प्रहरी डिआइजी एक जना र गृहमन्त्रालयका सहसचिव रहनु भएको छ ।
समितिले जेठ १७ गतेभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ । छानवीन समितिमा रहनु भएका पदाधिकारीहरु काठमाडौबाट सोमबार नै चितवन पुग्नुहुनेछ ।