प्रधानन्याधीश विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म बजेट प्रस्तुत गर्न नदिने एमालेको अडान

 प्रधानन्याधीश विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म बजेट प्रस्तुत गर्न नदिने एमालेको अडान

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायधीश सुशीला कार्की विरुद्ध लगाइएको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म सरकारलाई व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्न नदिने अडान लिएको छ । एमालेको अडानका कारण ४ बजे प्रस्तुत गर्ने भनिएको बजेट रोकिएको छ ।
एमालेले महाअभियोग प्रस्ताव फिर्ता लिनु पर्ने अडान लिएको छ भने सत्ता पक्षले महाअभियोग प्रस्तावलाई स्थगन गर्न चाहेको छ ।
‘महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म सदन सुचारु हुन सक्दैन सत्ता पक्ष नै जिम्मेवार हुनेछ’ एमालेका नेता गोकर्ण विष्टले संसदभवनमा पत्रकारहरुसँग भन्नुभयो । सत्ता पक्षका काँग्रेसका मिन बिश्वकर्मा र माओवादीका टेकबहादुर बस्नेतले महाअभियोग प्रस्तावलाई स्थगन गर्न सभामुख ओनसरी घर्तीलाई आइतवार निवेदन दिनु भएको थियो । काँग्रेस र माओवादीका २४९ जना साँसदहरुको हस्ताक्षरसहित बैशाख १७ गते व्यवस्थापिका संसदमा प्रधानन्यायधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतवार राती सामाजिक सञ्जालमा महाअभियोग प्रस्ताव स्थगन गर्ने नभएर फिर्ता गर्ने समझदारी भएको स्टाटस लेख्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.