यस्तो थियो आठ वर्षको बजेट (अंकसहित)
काठकाडौं : सरकारले आगामी आर्थिक वर्षको संसदबाट बजेट प्रस्तुत भइरहेको छ । आगामी वर्षका लागि पौने १३ खर्बको बजेट ल्याउने तयारी छ । पहिलो पटक अधिकार सम्पन्न स्थानिय तहका मोटो रकम बिनियोजन हुँदैछ ।
नेपालमा वर्षेनी बजेटको आधार बढ्दै गइरहेको छ । सरकारले आर्थिक वर्ष २०६६÷६७ मा दुई खर्ब ८५ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको थियो । नौ वर्षपछि आव २०७४/७५ मा बजेटको आकार बढेर १३ खर्ब नजिक प¥याइएको छ ।
बजेटको आकार बढ्दै गएपनि खर्च गर्ने प्रवृत्ति भने पुरानै छ । हरेक वर्ष विकास (पुँजीगत) बजेट बढ्दै गइरहेको छ । नेपालमा विकास खर्चको अवस्था निरासाजनक रहँदै आएको छ । आर्थिक वर्षको अन्त्यमा हतार हतार बजेट सिध्याउने प्रवित्ति अहिले पनि देखिन्छ ।
सरकारले विगत आठ वर्षमा ल्याएको कुल बजेट, विकास खर्च र पुँजीगत खर्चको आकार यसरी बढ्दै गइरहेको छ ।
हेर्नुहोस्, चार्टमा ।