कृषिलाई ३० अर्ब ४० करोड, अब किसानको खातामै रकम

कृषिलाई ३० अर्ब ४० करोड, अब किसानको खातामै रकम

काठमाडौं: सरकारले आगामी आर्थिक बर्षमा कृषिका लागि ३० अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ।

सरकारले आगामी आर्थिक बर्षदेखि नै किसानले प्राप्त गर्ने सम्पूर्ण अनुदान सम्बन्धित किसानकै खातामै जम्मा गरिदिने व्यवस्था गरेको छ।

हालसम्म यस्तो व्यवस्था थिएन् । सरकारले कृषिलाई थप परिस्कृत गरी आधुनिकीकरणमार्फत व्यवसायिकरण गर्ने घोषणा गरेको छ।

समयमै कृषिसम्बन्धी सुविधाहरु किसानको दरदैलौमै उपलब्ध गराउने भन्दै सरकारले प्रादेशिक संरचनाअनुसार भण्डारण गृह निर्माण, कृषि बजार, सामुहिक खेतीलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ।

यस्तै जग्गाको क्षेत्रफलको आधारमा किसानको वर्गीकरण गरी परिचय पत्रको आधारमा किसानलाई पेन्सन उपलब्ध गराउन आगामी आर्थिक बर्षमा थप अध्ययन गरिने र कृषिमा युवावर्गलाई आकर्षण गरी बीमा र कृषि कर्जालाई थप प्रभावकारी बनाइने सरकारले घोषणा गरेको छ।

सिचाईलाई २७ अर्ब ४१ करोड

सरकारले सिंचाई मन्त्रालयलाई आगामी आर्थिक बर्षमा २७ अर्ब ४१ करोड रुपैयाँ बिनियोजन गरेको छ। चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका सानादेखि ठूला आयोजनालाई निरन्तरता दिइने उल्लेख गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.