रणनीतिक सडकलाई ८९ अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौं : सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४÷७५ को बजेटमार्फत रणनीतिक सडक निर्माणको लागि मात्रै ८९ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
यो सडकको लागि विनियोज भएको रकम स्थानीय तहमा निर्माण हुने बाहेकका सडक भएको बजेटमा उल्लेख छ । सबै रणनीतिक सडकलाई कम्तिमा २ लेनको बानउने र कालोपत्रे गर्ने योजना बजेटमार्फत घोषणा गरेको छ ।
बजेटले रेल मार्ग निर्माणका लागि रेल विभागबाट खर्च गर्ने गरी ४ अर्ब रुपैयाँ पनि विनियोजना गरेको छ । यो रकम पूर्वपश्चिम रेलमार्ग निर्माणको हाल निर्माण प्रक्रिया अगाडि बढेको र डीपीआर पूरा भएर निर्माण योग्य भएका खण्डमा खर्च गरिने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
