लगानी भित्र्याउन प्राथमिकता

लगानी भित्र्याउन प्राथमिकता

काठमाडौं : सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरी स्वदेशी विदेशी लगानी भित्राउने भएको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले नीतिगत सुधार गरेर लगानी आकर्षित गर्ने बताउनुभएको हो ।

गत फागुन महिनामा आयोजना गरिएको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताबाट प्रतिवद्धता जनाइएको १४ खर्ब लगानी भित्राउन सरकारले विशेष पहल गर्ने भएको छ । गैरआवासिय नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिने भएको छ ।

मुलुकमा ठूलो लगानी परिचालन गरेर आर्थिक समृद्धिको बाटोमा लम्किने बजेटको लक्ष्य छ । यसैगरी युवा उद्यम कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ । वातावरणमैत्री उद्योगले प्राथमिकता पाउने भएका छन् ।

यस्तै, निर्यातमा नगद प्रोत्साहनलाई पुनरावलोकन गरी निकासी प्रवद्र्धनमा जोड दिने बजेटले उद्देश्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.