पूर्वाधार बैंक स्थापना गरिने
काठमाडौं: पूर्वाधारका क्षेत्रका सहयोग गर्न सरकारले आगामी आवमा पूर्वाधार बैंक स्थापना गर्ने भएको छ।
यसअघि नेपाल औद्योगिक विकास निगम (एनआइडीसी)लाई औद्योगिक विकास बैंक बनाइने भनिएपनि केही महिला अघि राष्ट्रिय वाणिज्य बैंकमा मर्जर गर्ने निर्णय गरेपछि सरकारले नयाँ पूर्वाधार बैंक ल्याउन लागको हो।
अर्थमन्त्री महराले बजेट प्रस्तुतिको क्रममा सो कुरा जानकारी गराएका हुन्। पूर्वाधार बैंक स्थापना भएपछि पूर्वाधार क्षेत्रमा कर्जा प्रवाह गर्न सहज हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
७